• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

कुहिएको चामल प्रकरणमा धनगढी उपमहानगरपालिकाको कार्यपालिका बैठको निर्णय सार्बजनिक : प्रमुख प्रशासकीय अधिकृतलाई कारवाहीको सिफारिस, अन्य कर्मचारीलाई सचेत(भिडियो सहित)

धनगढी, ६ जेठ- धनगढी उप–महानगरपालिकाले राहतमा कुहिएको चामल वितरण गरेको विषयमा गठन भएको छानविन समितिले तत्कालीन प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद सापकोटालाई कारवाहीको सिफारिस गरेको छ । तर टेण्डर प्रक्रियामा संग्लन अन्य कर्मचारीलाई पनि भने सचेत रहन निर्देशन दिईएको छ ।

छानविन प्रतिवेदनको निष्कर्ष र सुझाव रहेको भाग ४ को उपभाग २ को ४ नम्बर वुँदामा तत्कालीन प्रमुख प्रशासकीय अधिकृतले सार्वजनिक खरिद ऐन तथा नियमावली अनुसार काम नगरेको भन्दै कारवाहीका लागि सिफारिस गरिएको स्रोतले जनाएको छ । धनगढी उपमहानगरपालिकाले राहत सामाग्री (खाद्यान्न चामल) खरिद प्रकृयामा धनगढी उप–महानगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद सापकोटाले सार्वजनिक खरिद ऐन तथा नियमावली बमोजिम जिम्मेवारी पुरा गरेको नदेखिएकोले निजलाई सार्वजनिक खरिद ऐन ०६३ को दफा ६१ (क) बमोजिम कारवाही हुन अख्तियार प्राप्त अधिकारी समक्ष सिफारिस गर्ने भनेर छानविन प्रतिवेदनमा उल्लेख गरिएको छ ।

सार्वजनिक खरिद ऐन ०६३ को आचरण सम्बन्धी परिच्छेद–८ दफा ६१ मा सार्वजनिक खरिद कार्यमा संलग्न पदाधिकारीको आचरणः सार्वजनिक निकायको खरिद योजना तर्जुमा गर्ने, खरिद कारबाही सञ्चालन गर्ने, खरिद सम्झौता कार्यान्वयन गर्ने वा खरिद सम्बन्धी तोकिए बमोजिमको अन्य काम गर्ने कार्यमा संलग्न कुनै पदाधिकारीले देहाय बमोजिमको आचरण पालना गर्नु पर्नेछ लेखिएकोमा त्यसको (क) मा खरिद कारबाहीमा बोलपत्रदाताको स्वच्छ प्रतिस्पर्धा हुने गरी आफ्नो कर्तव्य निष्पक्ष ढङ्गले पालना गर्ने लेखिएको छ । तर छानविन समितिले प्रमुख प्रशासकीय अधिकृतले निष्पक्ष ढंगले कर्तव्य पालना नगरेकोले कारवाहीको सिफारिस गरेको जनाएको छ ।

राहत वितरणमा कुहिएको र किरा परेको चामल वितरण भएपछि गठन गरिएको छानबिन समितिले तीन दिन लगाएर तयार पारेको प्रतिवेदनमा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सापकोटालाई कारवाहीको लागि सिफारिस गर्दा टेण्डर प्रक्रियामा संग्लन अन्य कर्मचारीहरुको भने कुनै दोष नरहेको छानविन समितिको भनाई छ ।
कर्मचारीहरुले कार्यालय प्रमुखलाई राय सुझाव दिई ऐन नियम अनुसार सामेल हुनुपर्नेमा कर्मचारीले त्यसो नगरेको भन्दै आगामी दिनमा ऐन नियमको परिधिभित्र रहन सचेत गरेको छ । राहत सामाग्री (खाद्यान्न चामल) खरिद प्रकृयामा संलग्न कार्यालयका कर्मचारीहरु समेतले उल्लेखित खरिद प्रकृयामा भएका कमी कमजोरीका बारेमा कार्यालय प्रमुखलाई राय सुझाव सल्लाह दिई ऐन नियम अुनसार खरिद प्रकृयामा सामेल हुनुपर्नेमा त्यस किसिमको कार्य ती कर्मचारीबाट भए गरेको नपाइएकोले अव उप्रान्त कार्यालयबाट हुने त्यस किसिमका कार्यमा संलग्न हँुदा ऐन नियमको परिधि भित्र रही मात्र संलग्न हुन नगर कार्यपालिकाले निर्देशन दिने– छानविन प्रतिवेदनमा लेखिएको छ ।

वडा नम्बर १८ का अध्यक्ष मुरारी अधिकारी संयोजक रहेको छानविन समितिमा वडा नम्बर ३ का अध्यक्ष बलबहादुर ऐर, वडा नम्बर ९ का अध्यक्ष प्रेमबहादुर भण्डारी, वडा नम्बर १३ का अध्यक्ष विजयराज जोशी र कार्यपालिका सदस्य गिता पन्त सदस्य रहेका थिए । त्यसैगरी धनगढी उप–महानगरपालिकाको कृषि शाखा प्रमुख लोकराज उपाध्याय सदस्य सचिव रहेका थिए ।

भिडियो हेर्नुहोस्

मङ्गलबार, जेठ ०६, २०७७ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?

Recent Posts

  • डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
  • बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.