• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

धनगढीमा सशस्त्रको निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविर, सयौँ नागरिक लाभान्वित

धनगढी, २६ असार /   कैलालीको भारतसँग सीमा जोडिएको क्षेत्रमा सशस्त्र प्रहरीले निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविर सञ्चालन गरेको छ। स्थानीय तहसँगको सहकार्यमा सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण, कैलालीले धनगढी उपमहानगरपालिका–१२ मा आयोजना गरेको शिविरबाट सीमा क्षेत्रका सयौँ नागरिकले प्रत्यक्ष लाभ लिएका छन्। भारतसँग सीमा जोडिएका धनगढी उपमहानगरपालिका वडा नम्बर १० र १२ का नागरिकलाई लक्षित गर्दै सञ्चालन गरिएको शिविरमा विशेषज्ञ चिकित्सकद्वारा निःशुल्क स्वास्थ्य परीक्षण, परामर्श तथा औषधि वितरण गरिएको थियो। सामान्य रोगदेखि दीर्घरोगसम्मका बिरामीको परीक्षण गरिएको थियो भने आवश्यक परेका बिरामीलाई थप उपचारका लागि अस्पतालमा रिफरसमेत गरिएको आयोजकले जनाएको छ।

सशस्त्र प्रहरी बलले सञ्चालन गर्दै आएको ‘सीमावासीसँग सशस्त्र प्रहरी’ अभियानलाई प्रभावकारी बनाउने उद्देश्यले धनगढीस्थित निसर्ग अस्पताल र धनगढी उपमहानगरपालिका–१२ को सहकार्यमा स्वास्थ्य शिविर आयोजना गरिएको हो। सीमावर्ती क्षेत्रका नागरिकलाई सहज रूपमा विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराउनु, उनीहरूका स्वास्थ्य समस्या पहिचान गर्नु तथा राज्यप्रति विश्वास अभिवृद्धि गर्नु कार्यक्रमको मुख्य उद्देश्य रहेको सशस्त्र प्रहरीले जनाएको छ। सशस्त्र प्रहरी बल नम्बर ७ बाहिनी मुख्यालय अत्तरियाका बाहिनीपति दिग विजय सुवेदी ले सीमा क्षेत्रमा बसोबास गर्ने नागरिकको स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै आगामी दिनमा पनि यस्ता निःशुल्क स्वास्थ्य शिविरलाई निरन्तरता दिइने बताए।

उनले भने, हामीले निसर्ग अस्पतालसँग सहकार्य गरेका छौँ। अस्पतालका विशेषज्ञ चिकित्सक, धनगढी उपमहानगरपालिका १२ का स्वास्थ्यकर्मी तथा सशस्त्र प्रहरीका स्वास्थ्यकर्मीमार्फत नागरिकलाई सेवा प्रदान गरिएको छ। आगामी दिनमा पनि सीमा क्षेत्रमा बसोबास गर्ने नागरिकलाई नियमित रूपमा यस्ता स्वास्थ्य सेवा उपलब्ध गराउने योजना बनाएका छौँ। सीमावासीको सुरक्षा मात्र होइन, उनीहरूको स्वास्थ्य र जीवनस्तर सुधारमा पनि सशस्त्र प्रहरी प्रतिबद्ध छ।

शिविरमा विभिन्न रोगका बिरामीको स्वास्थ्य परीक्षणसँगै रक्तचाप, मधुमेह, श्वासप्रश्वास, छाला, हाडजोर्नी, महिला तथा बाल स्वास्थ्य लगायतका समस्याको परीक्षण गरिएको थियो। चिकित्सकहरूले स्वस्थ जीवनशैली, सरसफाइ, पोषण र रोगबाट बच्ने उपायबारे पनि परामर्श दिएका थिए। धनगढी उपमहानगरपालिका–१२ का वडा अध्यक्ष सेरबहादुर महरा ले आर्थिक अवस्था कमजोर भएका सीमा क्षेत्रका नागरिकलाई विशेषज्ञ स्वास्थ्य सेवा लिन कठिन हुने भएकाले यस्ता शिविर अत्यन्तै आवश्यक रहेको बताए।

उनले भने, हाम्रो वडामा धेरैजसो निम्न आय भएका नागरिक बसोबास गर्नुहुन्छ। उहाँहरूलाई विशेषज्ञ स्वास्थ्य सेवा लिन शहरसम्म पुग्न आर्थिक तथा भौगोलिक समस्या हुने गरेको छ। त्यसैले सशस्त्र प्रहरीसँग निरन्तर समन्वय गरेर यो स्वास्थ्य शिविर सञ्चालन गर्न सफल भएका हौँ। जनताको सेवाभन्दा ठूलो काम अरू केही हुँदैन। यस कार्यमा सहयोग गर्ने सशस्त्र प्रहरी, निसर्ग अस्पताल र सम्पूर्ण स्वास्थ्यकर्मीप्रति धन्यवाद व्यक्त गर्दछु।

शिविरबाट लाभान्वित स्थानीयवासी पृथ्वी चौलागाईँ ले गाउँमै विशेषज्ञ चिकित्सकबाट उपचार सेवा पाउँदा निकै राहत महसुस भएको बताए। उनले भने, अस्पतालसम्म पुग्न समय र खर्च दुवै लाग्छ। आर्थिक अवस्था कमजोर भएकाहरूका लागि यस्तो शिविर धेरै उपयोगी हुन्छ। गाउँमै विशेषज्ञ चिकित्सकबाट स्वास्थ्य परीक्षण, परामर्श र औषधि निःशुल्क पाउँदा हामी निकै खुसी भएका छौँ। यस्ता कार्यक्रम नियमित हुनुपर्छ। स्थानीयवासीहरूले सीमा क्षेत्रमा नियमित रूपमा स्वास्थ्य सेवा पुग्न नसक्ने अवस्था रहेको उल्लेख गर्दै यस्ता शिविरले उपचारबाट वञ्चित नागरिकलाई ठूलो राहत मिलेको बताएका छन्।

सशस्त्र प्रहरीका अनुसार सुरक्षा जिम्मेवारीसँगै सामाजिक उत्तरदायित्व अन्तर्गत शिक्षा, स्वास्थ्य, विपद् व्यवस्थापन तथा जनचेतनामूलक कार्यक्रमलाई समेत प्राथमिकता दिँदै सीमा क्षेत्रमा विभिन्न कार्यक्रम सञ्चालन गरिँदै आएको छ। स्वास्थ्य शिविर पनि त्यसै अभियानको एक हिस्सा रहेको जनाइएको छ। सीमावर्ती क्षेत्रमा आयोजना गरिएको यस शिविरले दुर्गम बस्तीका नागरिकलाई घरआँगनमै विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराउनुका साथै सशस्त्र प्रहरी र स्थानीय समुदायबीचको सम्बन्ध थप सुदृढ बनाएको विश्वास गरिएको छ। आयोजकका अनुसार आगामी दिनमा पनि सीमा क्षेत्रका विभिन्न वडामा यस्ता निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा पहुँचभित्र ल्याउने योजना रहेको छ।

शुक्रबार, असार २६, २०८३ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?

Recent Posts

  • डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
  • बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.