• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

सुदूरपश्चिममा अपराध, आत्महत्या र सवारी दुर्घटना सँगै लागू औषध नियन्त्रण गर्न झनै चुनौती

धनगढी, ६ असार / सुदूरपश्चिम प्रदेशमा लागू औषध सम्बन्धी अपराधले चिन्ताजनक रूप लिँदै गएको देखिएको छ। प्रदेश प्रहरी कार्यालय धनगढीले सार्वजनिक गरेको जेठ महिनाको प्रगति विवरण अनुसार एक महिनाको अवधिमा मात्रै लागू औषध सम्बन्धी ६२ वटा मुद्दा दर्ता भएका छन्। ती मुद्दामा संलग्न रहेको आरोपमा १०८ पुरुष र ७ महिला गरी ११५ जनालाई पक्राउ गरिएको छ।

प्रहरीका अनुसार पक्राउ परेकाहरूबाट ४५३ ग्राम १५६ मिलिग्राम चरेस, २६८ ग्राम १८३ मिलिग्राम खैरो हिरोइन, २३० ग्राम गाँजा, १७१ ट्याब्लेट र ४२ एम्पुल बरामद गरिएको छ। पछिल्ला वर्षहरूमा प्रदेशमा लागू औषधको प्रयोग तथा कारोबार बढ्दो क्रममा देखिनु सुरक्षा निकायका लागि चुनौती बन्दै गएको छ।

जेठ महिनाको तथ्याङ्कले प्रदेशको समग्र सुरक्षा अवस्थाको अर्को चित्र पनि देखाएको छ। एक महिनामा विभिन्न प्रकृतिका ३५७ वटा अपराध सम्बन्धी मुद्दा दर्ता भएका छन्। जसमध्ये ज्यान सम्बन्धी ६९, आत्महत्या सम्बन्धी ६३, चोरीका १०, सङ्गठित तथा आर्थिक अपराधका ८३, सामाजिक अपराधका ५०, महिला तथा बालबालिका सम्बन्धी ४१, सवारी ज्यान सम्बन्धी १३ र अन्य ३८ मुद्दा रहेका छन्। ती घटनामा संलग्न ३५५ जनालाई पक्राउ गरिएको छ भने ९९ जना अझै फरार रहेका छन्।

प्रदेशमा आत्महत्याका घटनाले पनि चिन्ता बढाएको छ। जेठ महिनामा मात्रै ६७ जनाले आत्महत्या गरेका छन्। आत्महत्या गर्नेमा २९ पुरुष, ३३ महिला, एक बालक र चार बालिका रहेका छन्। उमेर समूहका आधारमा हेर्दा २१ देखि ३० वर्ष उमेर समूहका २५ जना आत्महत्यामा परेका छन्, जुन सबैभन्दा बढी संख्या हो। वैशाख महिनामा भने ५८ जनाले आत्महत्या गरेका थिए।

अपराध नियन्त्रणका लागि प्रहरीले एक महिनामा २८ हजार ६० वटा सुरक्षा गतिविधि सञ्चालन गरेको जनाएको छ। पिकेट, चेकिङ, ग्रामीण गस्ती, एआरपी र एसआरपीमार्फत सुरक्षा निगरानी बढाइएको प्रहरीको दाबी छ। सोही अवधिमा प्रहरीले एक करोड ४४ लाख ६१ हजार ५५५ रुपैयाँ बराबरको भन्सार छलीका सामान बरामद गरेको छ।

सवारी व्यवस्थापनतर्फ पनि प्रहरी सक्रिय देखिएको छ। जेठ महिनामा ३ हजार १९५ सवारी साधनमाथि कारबाही गरिएको छ, जसबाट २७ लाख ७९ हजार रुपैयाँ राजस्व सङ्कलन भएको छ। त्यस्तै, एक महिनामा १६१ वटा सवारी दुर्घटनामा १३ जनाले ज्यान गुमाएका छन् भने २७९ जना घाइते भएका छन्।

प्रदेश प्रहरी कार्यालयका प्रवक्ता पदमबहादुर विष्टले लागू औषध, अपराध तथा दुर्घटना न्यूनीकरणका लागि प्रहरी परिचालनलाई अझ प्रभावकारी बनाइने बताएका छन्। तथापि, सार्वजनिक भएका तथ्याङ्कले सुदूरपश्चिममा लागू औषधको फैलावट, बढ्दो आत्महत्या र अपराधका घटनाले समाज तथा राज्य संयन्त्र दुवैका लागि गम्भीर चुनौती खडा गरिरहेको संकेत गरेका छन्।

शनिबार, असार ०६, २०८३ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.