काठमाडौं । भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ९० हजार ६ सय ४८ पुगेको छ । पछिल्लो २४ घण्टामा ४ हजार ८ सय ६४ जना कोरोना संक्रमित थपिएका छन् । सो संक्रमणबाट मृत्यु हुनेको संख्या २ हजार ८ सय ७१ पुगेको छ ।
भारतमा पछिल्लो २४ घण्टामा ११८ जनाको मृत्यु भएको छ । कोराना भाइरसको ९कोभिड–१९० को संक्रमण फैलिने क्रम नरोकिएपछि भारतमा मार्च २४ देखि लकडाउन जारी गरिएको छ ।