विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको महामारीले अमेरिकामा ८८ हजारभन्दा बढीको मृत्यु भएको छ । यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा थप १ हजार ५१२ जनाको मृत्यु भएको छ ।
यो सँगै कुल मृतक संख्या ८८ हजार ४२४ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ २४ हजार ९३१ जनामा संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या १४ लाख ८२ हजार ५२४ पुगेको छ ।अमेरिकामा संक्रमितमध्ये ३ लाख २६ हजार २४२ जना उपचारपछि निको भएका छन् । उपचार गराइरहेका १० लाख ७१ हजार ८३६ जनामध्ये १६ हजार १४२ जनाको अवस्था गम्भीर रहेको छ ।