एजेन्सी । रुसले मानवीय सहायताका रूपमा उत्तर कोरियालाई १५ सय टन गहुँ पठाएको छ । प्योङयाङस्थित रूसको दूतावासले फेसबुक पोस्टका माध्यमबाट उत्तर कोरियालाई गरिएको सहयोगबारे जानकारी सार्वजनिक गरेको छ ।
फेसबुक पोस्टमा रुसी दूतावासले जहाजको चालक दललाई क्वारेन्टाइनमा राखिएको र बन्दरगाहको एक छुट्टै स्थानमा गहुँ उतारिएको उल्लेख गरेको छ । संयुक्त राष्ट्रसंघले अप्रिलमा प्रकाशित गरेको एक प्रतिवेदनमा झन्डै एक करोड उत्तर कोरियाली नागरिक खाद्य सामग्रीको गम्भीर अभावको सामना गरिरहेको उल्लेख थियो ।
-बीबीसी