नेपालमा पहिलोपटक एक जना नर्समा समेत कोरोना प्रमाणित भएको छ । मंगलबार विभिन्न प्रदेशमा गरि थपिएका ५७ संक्रमितमध्ये एक जना नर्स भएको प्रदेश ५ प्रदेश स्वास्थ्य निर्देशनालयका प्रवक्ता तथा वरिष्ठ जनस्वास्थ्य अधिकृत रोशनलाल चौधरीले जानकारी दिए ।
कपिलवस्तुमा मंगलवार संक्रमण पुष्टि भएको थियो । संक्रमित जिल्लाको तौलिहवा अस्पतालमा काम गर्ने नर्स हुन् ।