चितवन, २६ बैशाख-सरकारले लकडाउन घोषण भएपछि समस्यामा परेको बिरामी र कुरुवालाई बैबाहिक बर्षगाठको एक दम्पतीले निशुल्क भोजन खुवाएका छन् ।
चितवनको भारतपुर महानगरपालिका निवासी बिष्णुमणी पाठक र जानकी पाठकले आफ्नो बैबाहिक बर्षगाठको अबसरमा सबैलाई निशुक्ल भोजनको व्यबस्था गरेका थिए । भरतपुर क्यान्सर अस्पतालमा आउने बिरामी र कुरुवाहरुलाई खानाको व्यबस्था गरेका हुन् । पाठक दम्पती क्यान्सर अस्पताल मुद गेट नजिकै ईशा मेडिकलका संचालक समेत हुन् ।
कोरोना संक्रमण बिश्वनै असुरक्षित भएका बेला नेपाल सरकारले लकडाउन घोषणा गरेपछि अस्पतालका सेवाग्रही, बिरामी र कुरुवा समस्यामा परेका थिए । उनीहरुलाई एक दिन निशुल्क भोजनको व्यबस्था गरेर बैबाहिक बर्ष गाठ मनाएको बिष्णुमणी पठकले बताए । हरेक बर्ष तामझामका साथ बैबाहिक बर्ष गाठ मनाउने गरेपनि यस बर्ष पुरै देशनै समस्यामा परेका बेला आफ्नो रमाईलो खर्च कटाएर परोपकारी काममा लगाएको पाठक दम्पतीले बताए ।
लकडाउनमा अस्पतालमा बिरामी र कुरुवालाई खानाको समस्या हुन थाले पछि बर्षगाठमा खुशियाली मनाउनु भन्दा उक्ता खर्च कटाएर समस्यामा समस्यामा परेकालाई खाना खुवाउने कार्य गरेको जानकी पाठकले बताईन् ।