सुदूरपश्चिमको सेती प्रादेशीक अस्पतालबाट ३४ वर्षीया महिला पनि शुक्रबार डिस्चार्ज भएकी छन् । कैलालीको धनगढी उपमहानगरपालिकाकी महिला कोरोना जितेर घर फर्किएकी हुन ।
दुवईबाट आएका धनगढीको हसनपुरका ३४ वर्षका युवाकी भाउजुमा २ पटक गरिएको कोरोना परिक्षणमा रिपोर्ट नेगेटिभ आएपछि घर पठाईएको अस्पतालले जनाएको छ ।
यसअघि लम्कीकी ६५ बर्षिया महिला, धनगढी उप–महानगरपालिका वडा नम्बर ५ का ३४ वर्षीय पुरुष, लम्कीका २१ वर्षीय युवक र कञ्चनपुर वेदकोटका ४१ वर्षीय पुरुष यसअघि नै कोरोना जितेर घर फर्किसकेका छन् ।
सुदूरपश्चिममा अहिले सम्म ५ जना कोरोना संक्रमित देखिएकोमा सबै घर फर्किएका हुन ।