धनगढी, २३ बैशाख- लकडाउन उलंघन गरी मदिरा ओसारपसार गर्दै गरेको मदिरा प्रहरीले बरामद गरेको छ । सामुदायिक प्रहरी केन्द्र हसनपुरको गस्ती टोलीले धनगढी उपमहानगरपालिका वडा नम्बर ११ बेलामा मदिरा बोकर जादै गरेको अबस्थाको टोलीले छोडेर भागेको सामुदायिक प्रहरी केन्द्र हसनपुरका प्रहरी कृष्ण बोहराले जानकारी दिए ।
टाढैबाट प्रहरीलाई देखेपछि मदिरा बोक्ने दुई जना मदिरा छोडी भागेको बताईएको छ । प्रहरीले ८ पेटी कर्णाली नामक मदिरा बरामद गरेको हो । बरामद मदिरा वडा प्रहरी कार्यालयका प्रहरी निरिक्षक हेम भट्टलाई बझाएको बताईको छ ।
अहिले लकडाउनका घटना उलंघन गर्नेलाई आफ्नो क्षेत्रमा गस्ती बढाएको सामुदायिक प्रहरी केन्द्र हसनपुरका ईन्चार्ज भानदेब चन्दले जानकारी दिए । मंगलबार मात्रै लकडाउन उलंघन गर्ने सामुदायिक प्रहरी केन्द्र हसनपुरले ५० मोटरसाईकललाई नियन्त्रणमा लिएको ईन्चार्ज चन्दले जानकारी दिए ।
