धनगढी, २१ बैशाख ।धनगढीमा रहेका पेट्रोल पम्पहरु आजदेखि दिनभरी खुला रहने भएका छन् । कैलाली उद्योग वाणिज्य संघको आग्रहमा पेट्रोलियम व्यवसायीहरुले आज देखि दिनभरी पेट्रोल पम्प खुला राख्ने भएका हुन् ।
दैनिक उपभोग्य वस्तुको आपूर्तिका लागि मालबाहक साधनलाई सहज ढंगले ईन्धन उपलब्ध गराउने उद्देश्यले आजदेखि दिनभरी पेट्रोल पम्प खोल्ने व्यवस्था मिलाईएको कैलाली उद्योग वाणिज्य संघका सदस्य मनोज अग्रवालले बताए ।