धनगढी, नेपालमा थप तीन जनामा कोरोना भाईरसको संक्रमण देखिएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँमा गरिएको परीक्षणका क्रममा वीरगञ्ज र बाराका तीन जनामा कोरोना भाईरस देखिएको हो।
वीरगञ्ज– २ छपकैयाका ४६ वर्षीय पुरुष, बारा, सिम्रौनगढका ३१ वर्षीय पुरुष र बारा जीतपुर– ७ का ४३ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो।
उनीहरु वीरगन्जका कोरोना संक्रमित व्यक्तिसँगै दिल्लीको फर्किएका थिए। यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ५७ पुगेको छ।