काठमाडौं । २०७६ चैतको दोस्रो हप्ता९चैत ९र१० गते० कोरोना भाइरसले नेपाललाई अ“त्याई सकेको थियो । कोरोना नगेटिभ कि पोजेटिभ परीक्षण गरेर छुट्याउने स्वास्थ्य सामग्री नेपालमा थिए । पीपीई त जम्माजम्मी सातसय थान मात्र भएको बताउँदै थिए स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, व्यवस्थापन महाशाखाका निर्देशक भोगेन्द्र डोटेल । हङ्कङ लगेर टेस्ट गराउनु पर्ने अवस्था थियो । पीपीई लगायत कोरोना परीक्षण स्वास्थ्य सामग्री भएनन् भनेर सरकारमाथि उग्ररुपमा प्रहार भइरहेको थियो भने डाक्टर, नर्स, ल्याव प्राविधिकहरुलगायत सातै प्रदेश र स्थानीय तहबाट गुनासो पनि चर्को आइरहेको थियो ।
राज्यले कोरोना परीक्षण स्वास्थ्य सामग्री जेजसरी र जहाँबाट हुन्छ तत्काल जुटाउने पर्ने अवस्था थियो । कोरोना परीक्षण स्वास्थ्य सामग्री व्यवस्था गर्न नसकेको भनेर स्वास्थ्य मन्त्रालयका पदाधिकारीमाथि चौतर्फी आक्रमण भइहेको अवस्था थियो । कोरोना परीक्षण गरेर जनताको जीवन रक्षाका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले द्रुतगति निर्णय गरेर तत्कालै कोरोना परीक्षणका स्वास्थ्य सामग्री झिकाउने निर्णय गर्दै उच्छुक सप्लायर्ससंग कोटेशन मागेर खरीद प्रक्रिया अगाडि बढाउनका लागि लगभग दुई दर्जन सप्लायर्सहरुसंग व्यवस्थापन महाशाखाका निर्देशक भोगेन्द्र डोटेलको नेतृत्वले छलफल सुरु ग¥यो ।
नेपाली जनताको जीवन रक्षाका लागि चाडोभन्दा चाडो कोरोना परीक्षणका स्वास्थ्य सामग्री सप्लाई गर्नेहरु सप्लायर्सहरुसंग छलफलमा सहभागीहरु ९९ प्रतिशतले ४८ घण्टाभित्रै स्वास्थ्य सामग्री सप्लाई गर्ने प्रतिबद्धता जनाउन सकेनन् । त्यस मध्येको ओबीसीआई(ओम्नी)समूहले ४८ घण्टाभित्रै स्वास्थ्य सामग्री सप्लाई गर्ने प्रतिबद्धतासहित सम्झौत गर्न तयार भयो ।
त्यसपछि स्वास्थ्य मन्त्रालयमा दशौंकोदेखि लुटतन्त्र मच्चाउ“दै आएका रैथाने स्वास्थ्य माफियाहहरुको टाउको दुःख थाल्यो । तिनै स्वास्थ्यका रैथाने माफिया९सप्लायर्स०हरुले सरकारले स्वास्थ्य सामग्री समयमै जोहो गर्न नसकेको भनेर हंगामा मच्चाएर केपी ओली नेतृत्वको सरकार विस्थापित गर्न लागिपरेको एउटा राजनीतिक झुण्ड समेत मिलेर आपतकालमा खरीद गरेका कोरोना परीक्षण स्वास्थ्य सामग्रीको विषयलाई डिजाइन अनुसार नै नाटकीय रुपमा उछाल्न थाल्यो ।
जसको प्रत्यक्ष र प्रमुख भूमिकामा सरकार विरोधी प्रचार क्याम्पको नेतृत्व स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठ र व्यवस्थापन महाशाखाका निर्देशक भोगेन्द्र डोटेलका गरेको कुरा उनीहरुको रहस्यमय भूमिकाले पुष्टि गर्दछ । महानिर्देशक श्रेष्ठ र निर्देशक भोगेन्द्र डोटेलले सामान खरिदका सम्बन्धमा नेगोिसयसन गरेको कागजजात नियम विपरीत आधा घण्टा भित्र नै हतार हतार सार्वजनिक गरेबाट उनीहरुको षडयन्त्रको पुष्टि हुन्छ ।
स्वास्थ्य मन्त्री भानुभक्त ढकाल, स्वास्थ्य सचिव यादव कोइराला र सरकारकै विरुद्ध कसरी लागे भन्ने कुराको पुष्टि उनीहरुले खरीद गर्ने सम्झौता अघि नै कोरोना परीक्षण स्वास्थ्य सामग्रीको नगोसियसन सम्बन्धी सम्पूर्ण कागज पत्र सरकार विरोधीहरुलाई उपलब्ध गराएर राम्रो सेवा गरेबाट स्पष्ट हुन्छ । जुन कागज पत्र सार्वजनिक खरिद ऐन विपरीत महानिर्देशक श्रेष्ठ र निर्देशक भोगेन्द्र डोटेलले सार्वजनिक गरेका थिए ।
यस कुराको अर्को पुष्टि पनि कसरी हुन्छ भने, कोरोना परीक्षण स्वास्थ्य सामग्री हाहाकार भएर आतंक मच्चिरहेको संवेदनशील घडी २०७६ चैत १४ गते शुक्रबार २ बजे ओबीसीआई९ओम्नी०समूहसंग स्वास्थ्य सेवा विभागव्यवस्थापन महाशाखाले हतारहतार सम्झौता ग¥यो । विश्वभर नै कोरोनापरीक्षण मेडिकल सामग्री संकट परिरहेको समयमा सम्झौता गरेको ३६ घण्टाभित्रै २०७६ चैत १६ गते विहान ५ बजे युरोपियन स्टैण्डर्डका कोरोना परीक्षण स्वास्थ्य सामग्री त्रिभुवन अन्र्ताष्ट्रिय विमानस्थलमा आइपुग्यो । नेपालले राहत महसुस ग¥यो । स्वास्थ्य सेवा विभागले त्यही ओबीसीआई९ओम्नी०समूहले चैत १६ गते ल्याएको कोरोना परीक्षण स्वास्थ्य सामग्री हाल ७७ जिल्लामा कोरोना परीक्षणमा प्रयोग गरिरहेको छ ।
पत्रकार सम्मेलनमा ओबीसीआई(ओम्नी)समूहले सप्लाई गरेको गुणस्तरहीन स्वास्थ्य सामग्री भनेर सार्वजनिक रुपमा बोल्ने स्वास्थ्य सेवा विभागका महानिर्देशक श्रेष्ठले कुन नैतिकताले तिनै सामग्री आज २०७७ वैशाख ८ गते १९ दिनसम्म पनि चलाईरहेका छन् रु ओबीसीआई९ओम्नी०समूहले युरोपियन स्टेण्र्डड भनेर दावी गर्ने अनि स्वास्थ्य सेवा विभागका महानिर्देशक चाहिं रैथाने स्वास्थ्य सामग्री सप्लायर्स माफियाको लहलहैमा लागेर उनीहरुकै डिजाइन अनुसार अभिव्यक्ति दिंदै ओबीसीआई९ओम्नी०समूहले सप्लाई गरेका गुणस्तरहीन सामान हिंड्नु विभागीय प्रमुख श्रेष्ठलाई कुन नैतिकताले दियो रु स्वास्थ्यका महानिर्देशक श्रेष्ठ आपतकालको समयमा झुठ बोलेर वातावरणलाई उत्तेजित बनाउनकिन लागे रु उनले झुठ बोलेको होइन भने ओबीसीआई९ओम्नी०समूहको गल्ती हो त रु जसको गल्ती हो छानविन गरेर त्यसलाई कारवाही अगाडि बढाउनु पर्दछ ।
महानिर्देशक र निर्देशकको को नियत नै खराब
ओबीसीआई(ओम्नी)समूहसंग ठेक्का सम्झौता गर्दा कानून बमोजिम पाउने अग्रीम भुक्तानी २० प्रतिशत रकम एक पैसा पनि नदिई, नलिई गरियो । २०७६ चैत १४ गते २ बजे धरौटी रकम नलिई ठेक्का सम्झौता गरेर चैत १६ गते आइतवार मात्र ६ करोडभन्दा बढी रकम धरौटी लिनु कानूनत मिल्छ कि मिल्दैन रु यसको जवाफ पनि महानिर्देशक श्रेष्ठ र खरिदका निर्देशक डोटेलले दिनुपर्ने हुन्छ । सप्लायरले निजी रुपमा विदेशी मुद्रा समेत व्यवस्था गरेर सम्झौ गरिएको कोरोना परीक्षण स्वास्थ्य सामग्रीहरु मध्ये ३६ घण्टामै फस्ट लटमा अधिकांश सामान इमानदारीपूर्वक सप्लाई ग¥यो । अब दोस्रो र तेस्रो लटको बा“की सामान सप्लाई गर्ने समय हु“दाहु“दैको अवस्थामा एकपक्षीय निर्णय गर्दै बीसीआई(ओम्नी)समूहसंगको २०७६ चैत १४ गते २ बजे गरेको ठेक्का सम्झौता रातारात रद्द गरियो ।
ओबीसीआई९ओम्नी०समूहसंग रातारात ठेक्का सम्झौता कानून विपरीत रातारात रद्द भएको २०७७ वैशाख ८ गते १९ दिन बित्दा पनि महानिर्देशक श्रेष्ठले कोरोना परीक्षण स्वास्थ्य सामग्रीहरु अन्य सप्लायर्सबाट कति मूल्यमा कुनकुन स्वास्थ्य सामग्री ल्याए रु खै विवरण रु यही“निर लुकेको छ महानिर्देशक श्रेष्ठ र निर्देशक डोटेलको षडयन्त्र र रहस्यको खेल । अहिले ३ वटा सप्लायर्सलाई कोरोना परीक्षण स्वास्थ्य सामग्रीहरु सप्लाई गर्न ३० करोडको प्याकेज ठेक्काको सम्झौता कहा“ पुग्यो रु कति मूल्यमा, कुन स्टेण्डर्डको कोरोना परीक्षण स्वास्थ्य सामग्रीहरु कहिले सप्लाई हु“दैछ रु किन सार्वजनिक हु“दैन रु नेपाल सरकार स्वास्थ्य मन्त्रालयले के गरिरहेको छ रु
ओबीसीआई(ओम्नी)समूहले प्रेस विज्ञप्तिमा जनाए अनुसार, उसले स्वास्थ्य सेवा विभागसंग सम्झौता गरे अनुसारको सीई स्टेण्डर्डको कोरोना परीक्षण स्वास्थ्य सामग्रीहरु निम्न अनुसार, फस्ट लटमै सप्लाई गरेको थियो । जसमा १० हजार थान सेट पीपीई९१० प्रतिशत, ज्याकेट, सुरुवाल टोपीको सेट०, १० हजार थान एन नाइन्टी फाइभ मास्क९१५ प्रतिशत०, एकलाख जोर पञ्जा९पचास प्रतिश०, ४ हजार केजी क्लोरिन९शतप्रतिशत०, ७५ हजार थान ¥यापिड किट९शतप्रतिशत०, पा“च थान पीसीआर मिशिन९शतप्रतिशत०, २० हजार थान पीसीआर रेजिन९सेट समेत चालीस प्रतिशत० रहेका छन् । र, ठेक्का सम्झौता अनुसारका सामग्रीहरु मध्ये, फस्ट लटमा प्राप्त २५ प्रतिशत यिनै कोरोना परीक्षण स्वास्थ्य सामग्रीहरु नै नेपाल सरकारले सातै प्रदेशमा पु¥याएर प्रयोग गरेर कोरोना परीक्षण गरिरहेको छ ।
अनि स्वास्थ्य माफियाको लहलहैमा लागेर काम गर्दागर्दैको सप्लायर्स ओबीसीआई९ओम्नी०समूहसंग सम्झौता रद्द गर्ने र सम्झौता रद्द गरेको १९ दिन ९२०७७ वैशाख ८ गते०सम्म पनि कोरोना परीक्षण स्वास्थ्य सामग्रीहरु नल्याउने स्वास्थ्य सेवा विभागका झुठो कुरा बोल्ने, षडयन्त्रकारी महानिर्देशक महेन्द्र प्रसाद श्रेष्ठ सरकारका ज्वाइ“ हुन् र कुनै कारवाही नहुने रु
महानिर्देशक श्रेष्ठ र निर्देशक डोटेलको
षडयन्त्रको अर्को पाटो
स्रोतका अनुसार, ओबीसीआई९ओम्नी०समूहसंग सम्झौतामा पीपीई एक लाख सेट रहेको थियो । एक लाख थान पीपीई सेटको तौल ७० टन हुन आउछ । ओबीसीआई९ओम्नी०समूहसंगको सम्झौता अनुसार ३ लटमा ती सामग्री सप्लाई गरिसक्नुपर्ने थियो । जसमा पहिलो लट सन् २०२० मार्च ३०, दोस्रो लट अप्रिल २ र तेस्रो लट अप्रिल ५ रहेको थियो ।
हाम्रो नेपाल वायुसेवा निगमको यात्रु वाहक९कारगो जहाज होइनरछैन० जहाजले एक पटकमा ३० टन मात्र सामान बोक्छ । तर, महानिर्देशक श्रेष्ठ र निर्देशक डोटेलले हुनै नसक्ने असम्भव कुरा सम्झौतामा पहिलो लटमै ७० टनको एउटै सामान एक लाख पीपीई(सेट) सप्लाई गर्नुपर्ने छ भनेर कागज किन गराए रु ४८ घण्टाभित्र कार्गोबाट कुनै पनि हालतमा ल्याउन नसकिने ७० टन सामान पहिलो लटमै राख्नुको पछाडि पनि स्वास्थ्यका माफियाको चलखेल, डिजाइन, षडयन्त्रमा महानिर्देशक श्रेष्ठ र निर्देशक डोटेल समूह संलग्न भएको पुष्टि हुन्छ ।
ओबीसीआई(ओम्नी)समूह र सरकारको बद्नाम गर्न स्वास्थ्यका सामग्री नै सप्लाई नगरेको ओबीसीआई(ओम्नी)समूह भनेर पनि झुठो प्रचार गरिएको थियो भन्ने कुरा ओबीसीआई(ओम्नी)समूहले आफ्नो प्रेस विज्ञप्तिमा विभिन्न अस्पतालहरुमा स्वास्थ्य सामग्री सप्लाई गरेको प्रमाण प्रस्तुत गरेबाट स्पष्ट भयो । स्वास्थ्यका महानिर्देशक र निर्देशकको षडयन्त्रमा सामेल थिएनन् भने अन्तर्राष्ट्रिय हवाई उडान समेत लक डकडाउन भएको समयमा ७० टनको एउटै सामग्री पीपीई समेत ४८ घण्टाभित्र सप्लाईगर्नुपर्ने सम्झौता झुक्याएर हस्ताक्षर गराए कि सहमतिमा गराए रु अब डीजी महेन्द्रप्रसाद श्रेष्ठ, निर्देशक डाटेल र ओम्नी समूहका बारेमा गहिरो अनुसन्धान हुनु पर्छ र दोषी को हो कानून बमोजिम कारवाही हुनु पर्छ भन्ने माग स्वास्थ्य सेवा विभागका कर्मचारीहरुले गरेका छन् ।
साभार : साघुँ साप्ताहिक अनलाईन बाट साभार