उसलाई थाहा छ—
ऊ बन्द कोठाभित्र एक्लै रुन्छ।
ती अधेरी रात, ती बन्द कोठा,
उसलाई धौधौ पर्छ
ती रातहरू काट्न,
ती भावनासँग टाढा भाग्न।
मनमा हजारौँ कुरा
गुम्सिएर बस्छन्।
टाढा हट्न खोजे पनि
त्यहीँ—पछ्याइरहन्छन्।
उसलाई थाहा छ—
ऊ बन्द कोठाभित्र एक्लै रुन्छ।
ती अधेरी रात, ती बन्द कोठा।
रात काट्न मुस्किल हुन्छ,
घडी हेर्दै बिताउँछ ऊ।
एक्लै बर्बराउँछ,
मनमा हजारौँ खेलौँ लाग्छन्।
उसका कुरा सुनि दिने
कोही हुँदैन।
उसलाई थाहा छ—
ऊ बन्द कोठाभित्र एक्लै रुन्छ।
एक्लै रुँदै रात काट्छ,
त्यही हजारौँ कुराले घेर्छ।
उसलाई थाहा छ—
ऊ बन्द कोठाभित्र एक्लै रुन्छ,
ती अधेरी रात—ती बन्द कोठा।
ऊ बिर्सन खोज्छ
पुराना यादहरू।
नयाँ याद बनाएर
अगाडि बढ्न खोज्दा पनि
पुरानै घाउहरूले
पछ्याइरहन्छन्।
कयौँ सपना बोकेको हुन्छ ऊ,
ती सपनालाई पाउन
तड्पिइरहन्छ।
उसलाई थाहा छ—
ऊ बन्द कोठाभित्र एक्लै रुन्छ।
ती अधेरी रात, ती बन्द कोठा।
उसको आफ्नो कोही छैन,
घरदेखि टाढा छ।
उसको आफ्नोपन
त्यही अधेरी रात,
त्यही बन्द कोठा,
त्यो एक्लोपन नै हो।
कहिलेकाहीँ सोच्ने गर्छ,
सबैबाट टाढा जाऊँ,
एकान्तमै बसूँ।
तर फेरि सम्झिन्छ,
ती बुढाबाआमा,
तिनले छापेको छानु।
ती अधेरी रात,
ती बन्द कोठा,
उसलाई थाहा छ
ऊ बन्द कोठाभित्र एक्लै रुन्छ।
धौधौ पर्छ।
ती रातहरू काट्न,
ती भावनासँग टाढा भाग्न।
ती अधेरी रात, ती बन्द कोठा !
✍️दिपा अवस्थी (कैलाली बहुमुखी क्याम्पसमा मानविकी संकाय छैंटौं सेमेस्टर पत्रकारिताका विद्यार्थी हुनु हुन्छ।)
उसलाई थाहा छ
उसलाई थाहा छ