धनगढी,
कैलालीको धनगढी उपमहानगरपलिका अन्तरगत फूलवारी हुँदै नेपाल प्रवेश गरिरहेका १२ जना नेपालीलाई सशस्त्र प्रहरीबल फूलवारीले भारत तिरै फर्काइ दिएको छ ।अबैधबाटो हुँदै भारतको बिभिन्न क्षेत्रबाट नेपाल प्रवेश गरिरहेका उनिहरुलाई भारतको सोनाह नजिकबाट भारतीय शशस्त्र सीमाबल ९एसएसबी० संग समन्वय गरी भारत फर्क फकाईएको हो ।
उनीहरु भारतीय शशस्त्र सीमाबल ९एसएसबी०को जिम्मा लागाइएको सशस्त्र प्रहरीबल फूलवारीका ईन्चार्ज जयबहादुर महतोले जानकारी दिएका छन् ।
भारत तर्फ फर्काईएका उनीहरुलाई भारतीय प्रहरीको समन्वयमा भारतको पलिया स्थित क्वारेन्टाइनमा राखिने ब्यबस्था गरिएको महतोले बताए ।
नेपाली भूभागमा पुग्न ५०० मिटर मात्र बाँकी रहेको अबस्थामा बिशेष सुचनाको आधारमा सशस्त्र प्रहरीले उनीहरुलाई भारततर्फ नै पठाई दिएको थियो । नेपाल आउन लागेका उनीहरु कैलालीको गौरीगंगा नगरपालिका र कैलारी गाउँपालिकाका रहेको महतोले जानकारी दिए । पछिल्लो समयमा कैलालीको धनगढी उपमहानगरपलिका अन्तरगत फूलवारी क्षेत्रमा प्रहरीले सक्रियता संगै अबैधवाटो प्रयोग गरि नेपाल प्रबेश गर्न सकिरहेका छैनन् ।
फूलवारी क्षेत्रमा सशस्त्र प्रहरी र नेपाल प्रहरीले सक्रियता देखाए पछि अबैधरुपमा गाँउ भित्रिनेको संख्यामा कमी भइरहेका स्थानिय लक्ष्मी देवकोटाले बताए ।
बिश्ब महामारीको रुपमा फैलिएको कोरोना भाईरस नियन्त्रण गर्न र लकडाउनलाई प्रभावकारी बनाउन कैलाली र कंञ्चनपुरका हरेक सीमा नाकाहरुमा सशस्त्र प्रहरीले नाका शिलगरी आवत जाबत पुर्णरुपमा बन्द गरेको छ ।