एजेन्सी । कोरोना भाइरसको महामारीसँगै हाल विश्वका आधा जनसंख्या लकडाउनमा छन् । कोरोना भाइरसको कुनै औषधी पत्ता नलागेकाले अहिले यसबाट बच्न सामाजिक दूरी उत्तम उपाय मानिएको छ । कोरोना भाइरस महामारी नियन्त्रणका लागि सामाजिक दूरी कहिलेसम्म भन्न् चर्चा शुरु भइरहेकै बेला अमेरिकास्थित हावर्ड विश्वविद्यालयले गरेको एक अनुसन्धानले सन् २०२२ सम्म समान्य सामाजिक दुरीमा रहनुपर्ने निष्कर्श निकालेको छ ।
हावर्ड विश्वविधालयले गरेको अनुसन्धानले सन् २०२२ सम्म सामान्य सामाजिक दुरीमा रहनुपर्ने निष्कर्श निकालेको छ। विश्वविधालयका रोगसम्बन्धी अध्येताले गरेको अध्ययन जर्नलमा प्रकाशित भएको छ। सामाजिक दुरी एकैपटक हटाउँदा कोरोना भाइरस महामारीको जोखिम सँधै उच्च रहने अनुसन्धानकर्ताको दावी छ। कोरोना महामारीको अबको कोर्स कस्तो हुन्छ भन्ने केही प्रश्नमा निर्भर हुने छ जसको उत्तर आइसकेको छैन। हार्वर्डका विज्ञानका प्राध्यापक र यस अध्ययनका सह(लेखक मार्क लिपसिचले भनेस् “संक्रमण दुईवटा चीज हुन्छन्स् संक्रमित मानिस र अति संवेदनशील मानिसहरू छन् ।
जबसम्म हामी रोग प्रतिरोधात्मक क्षमतामा कमजोर रहन्छौ तब सम्म ठुलो जनसंख्या संवेदनशील हुन्छन् । त्यसकारण सचेत हुन जरुरी छ । सामाजिक दुरी एकैपटक हटाउँदा कोरोना भाइरस महामारीको जोखिम सँधै उच्च रहने अनुसन्धानकर्ताको दावी छ। कोरोना महामारीको अबको कोर्स कस्तो हुन्छ भन्ने केही प्रश्नमा निर्भर हुने छ जसको उत्तर आइसकेको छैन। सिजन परिवर्तन भएसँगै भाइरस संक्रमण कम हुन्छ कि हुँदैन रु भाइरसको संक्रमणपछि मानिसको प्रतिरक्षा प्रणाली कस्तो हुने छरु लगायत प्रश्नको जवाफमा कोरोना भाइरस महामारीको अबको बाटो निर्भर हुने छ।
महामारीले विश्वका महाशक्ति राष्ट्रहरुको अर्थतन्त्रलाई धरासायी बनाएको छ। लकडाउनले अर्थतन्त्र कमजोर हुँदै जाँदा यसलाई खुकुलो बनाउनुपर्ने परिस्थितीको दबाब सरकारहरुलाई छ। अनुसन्धानकर्मीहरुले व्यापक परिक्षणपछि मात्र लकडाउन खुकुलो बनाउन सुझाव दिएका छन्।