किशोर तमाङ्ग
पुनर्वास,
बिश्वब्यापी रुपमा फैलिएको कोरोना भाईरस कोभिड १९को रोकथाम र नियन्त्रणका लागि बिश्व यतिखेर प्रयत्नरत छन ।
विश्वभर कोरोना भाइरसको महामारीले आतंकित बनाईरहदा यता मौषममा आएको एक्कासि को फेरबदल र गर्मीले लामखुट्टे र झिँगा घरमा लाग्न थाले पछि डेङगु मलेरिया र हैजा जस्ता महामारी नफैलिओस भन्दै किटनासक औषधि छर्किन लागेको छ।
कञ्चनपुरको दक्षिणी क्षेत्र पुनर्वास नगरपालिका अरनिकोबस्ती का युवा निर्माण व्यवसायी एवम् अरनिको युवा क्लब का अध्यक्ष दाउत तामाङ ले सम्भावित संक्रमण रोकथामका लागि अनेकौं प्रयास गर्दै आएका छन् ।
पुनर्वास नगरपालिका(२ अरनीकोबस्तीका युवा निर्माण व्यवसायी एवं अरनिको युवा क्लब का अध्यक्ष दाउत तामाङको सक्रियता र पहलमा अरनिकोबस्तीमा डेल्टामेथ्रीन नामक डिडिई किटनासक औषधि छर्किन सफल भएको छ।
निर्माण व्यवसायी एवं अरनिको युवा क्लब का अध्यक्ष दाउत तामाङले यस अघि पनि उनको ब्यक्तिगत खर्चमा पुनर्वास नगरपालिका र लालझाडी गाउँ पालिकामा चामल सहयोग गरेका थिए भने नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई स्वास्थ्य सामाग्री सहयोग गरेका थिए ।
अरनिको युवा क्लवका अध्यक्ष समेत रहेका युवा निर्माण व्यवसायी तामाङले क्लबका युवाहरुलाई परिचालन गरेर घर(घरमा बुधवार लामखुट्टे, झिँगा लगायतका बिभिन्न किरा फट्याग्राहरु नष्ट गर्न किटनासक औषधि छर्किएको छ।
सो किटनासक औषधिका लागि पुनर्वास नगरपालिका कार्यालय र जिल्ला जनस्वास्थ्य कार्यालयसँग समन्वय गरि पराशन स्वास्थ्य चौकीका ल्याब असिस्टेन्ट जनक सिंह धामीले औषधि उपलब्ध गराउनमा सहयोग गरेका थिए ।
विश्वमै महामारीको रूपमा फैलिएको कोरोना भाईरसका कारण लाखौँ मानिसको ज्यान गईरहेको अवस्थामा कोरोना भाईरस तथा लामखुट्टे ,झिँगा नियन्त्रण गर्नका लागि आफ्नो टोलमा अरनिको युवा क्लबका युवाहरूको सहकार्यमा किटनाशक औषधि छर्किन सफल भएको अरनिको युवा क्लब का अध्यक्ष दाउत तामाङ्गले जानकारी दिनुभयो।
बुधबार मात्रै अरनिको बस्तीका २ सय ४८ घरमा किटनासक औषधि छर्किएको र बिहिवार अझै करिब १ सय घरहरुमा किटनासक औषधि छर्किने क्लबका अध्यक्ष तामाङले बताए ।
गाउँमा औसधि छर्किएपछी गाउँले खुशी हुँदै यस्ता दुईचार जना व्यक्ति समाजमा भइदिए समाज सुधार र बिकासको गतिमा अघि बढ्न सक्ने मा दुईमत नरहेको स्थानीय हरू बताउँछन। समाजमा युवा जागरुक भए बिकास र गतिशीलतामा सरकारको आवश्यकता नै नपर्ने भन्दै स्थानीयले अरनिको युवा क्लब को निकैनै प्रसंशा गरेका थिए
अरनिको युवा क्लबका अध्यक्ष दाउत तामाङको सक्रियतामा बस्तीमा निशुल्क किटनासक औषधि छर्किए।
अरनिको युवा क्लबका अध्यक्ष दाउत तामाङको सक्रियतामा बस्तीमा निशुल्क किटनासक औषधि छर्किए।