डडेल्धुरा, डडेल्धुरामा अबैध हातहतियार सहित एक जना पक्राउ परेका छन । आइतवार जिल्लाको भागेश्वर गाउँपालिका वडा नं। ३ नानीगाड बगौरा तर्फ खटि गएको सुरक्षा गस्ती टोलीले भागेश्वर गाउँपालिका वडा नं. ३ बुरिया बस्ने बर्ष ३८ को योगेन्द्र बहादुर शाहीलाई पक्राउ गरेको हो ।
उनका साथबाट एक नाले भरुवा बन्दुक एक थान , सिसाको गोली दश थान, बारुद १ सय ५ ग्राम समेत बरामद गरेको जिल्ला प्रहरी कार्यालय डडेलधुराका प्रहरी नायव उपरिक्षक धतिराम न्यौपानले बताए ।
शाहीलाई हातहतियार खरखजना कसुरमा मुद्दा दर्ता गरी जिल्ला अदालत डडेल्धुराबाट दिन २० को म्याद थप अनुमती लिई अनुसन्धान कार्य जारी रहेको जनाएको छ ।