काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउन छिट्टै अन्त्य नहुने र सीमा नाकामा अझ कडाइ गरिने बताएका छन् । शनिबार सिंहदरबारमा सातै प्रदेशका मुख्यमन्त्रीहरूसँग भिडिओ कन्फ्रेन्समा प्रधानमन्त्री ओलीले कोरोना भाइरसको संक्रमण फैलिन नदिन सामाजिक दूरी कायम गर्नुको अर्को विकल्प नै नरहेको स्पष्ट पार्नुभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।
सरकार प्रभावकारी र सफल रूपमा कोभिड–१९ रोकथामका केन्द्रित रहेको बताउँदै प्रधानमन्त्री ओलीले अनावश्यक भ्रम र दुष्प्रचार गर्ने तत्वहरूबाट प्रभावित नहुन आग्रह गरे । उनले अहिलेसम्मका प्रयासहरू सकारात्मक नै रहेको र यसलाई अझ समन्वयात्मक ढंगले अघि बढ्न जरूरी रहेको बताए । कोरोना भाइरसको संक्रमणको नियन्त्रण र यसको अन्त्य गरिसक्दासम्म मुलुकको स्वास्थ्यउपचारको क्षेत्रले गुणात्मक फड्को मार्ने, प्रयोशाला, उपकरण र स्वास्थ्य सामग्री तथा दक्ष जनशक्तिको व्यवस्थापनमा विशेष प्रगति हासिल भइसक्ने पनि प्रधानमन्त्री ओलीले आश्वस्त पारे ।
‘लकडाउनमा प्रशासनिक लापरबाही हुनै भएन, मेला लाग्ने, मान्छे जम्मा हुने आदि क्रियाकलाप गर्न रोक्नका लागि प्रशासन र प्रहरी सजग हुनैपर्छ’, प्रधानमन्त्री ओलीले भने, ‘त्यसका लागि केन्द्रबाटै एकरूपताको लागि परिपत्र जारी गरिन्छ । त्यसलाई कार्यान्वयन गर्नुहोला ।’ जनतालाई दुःख दिन होइन, जनताको जीवन रक्षा गर्न नै लकडाउन अनिवार्य रहेको बुझ्न र बुझाउन सबैलाई सचेतनताको लागि आह्वान गरे। साथै, सरसफाइमा ध्यान दिन, मास्क र चश्मा प्रयोग गर्न, मनोवैज्ञानिक काउन्सेलिङ बढाउन पनि मुख्यमन्त्रीहरूसँ आग्रह गरे । प्रधानमन्त्री ओलीले करीब चार घण्टा मुख्यमन्त्रीहरूसँग भिडिओ कन्फ्रेन्समार्फत् छलफल गरेका हुन् ।
छलफलका सात वटै प्रदेशका मुख्यमन्त्रीहरूले आ–आफ्नो प्रदेशमा कोरोना भाइरस नियन्त्रण, रोकथाम र उपचारको क्रममा गरिएका प्रयासको जानकारी गराएका प्रधानमन्त्री प्रेस सल्लाहकार थापाले बताए ।
च्भबम mयचभ बतस् जततउकस्ररकबmबअजबचमबष्लष्प।अयmरलभधक(मभतबष्किरद्धघद्दद्धद्दरद्दण्द्दण्(ण्द्ध(ज्ञज्ञ