• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

एपेन्डिसाइटिसको बिरामीले शल्यक्रिया कक्षभित्र खोकेपछि कोरोना भन्दै रिफर

विराटनगर — नोबेल अस्पतालले चैत १९ गते राति एक वृद्धाको एपेन्डिसाइटिसको शल्यक्रिया गर्न सबै प्रक्रिया पुरा गरेर शल्यक्रिया कक्षमा लगेर सुतायो । ती वृद्धालाई चिकित्सकले बेहोस पार्न औषधि प्रयोग गर्ने तयारी गरिरहेका थिए । त्यसैबेला वृद्धाले अचानक खोकिन् ।

त्यसपछि उनको शल्यक्रिया गर्न हातमा औजार लिएर तयारी अवस्थामा बसेका चिकित्सकहरुले सबै औजार थन्‍काएर उनलाई आकस्मिक कक्षको शय्यामा पठाए।

त्यसपछि उनीहरुले ती वृद्धमा कोरोना भइरसको लक्षण हुनसक्ने भन्दै धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान रिफर गरे।

अपरेसन थिएटर लैजानुअघि ल्याब टेस्ट, छातीको एक्सरे र भिडियो एक्सरे सबै गरिएको थियो। टेस्टबाटै एपेन्डिसाइटिस भएको देखिएको थियो। ज्वरो, निमोनिया, रुघा खोकी र रक्तचापको घटबढ केहीको पनि लक्षण नदेखिएपछि चिकित्सकले शल्यक्रियाको तयारी गरेको उनका आफन्तको भनाइ छ।

एपेन्डिक्सको दुखाइले वृद्धा इन्तु न चिन्तु भइरहेको अवस्थामा उनका आफन्तले चैत २० गते धरान पुर्‍याए। वीपीका चिकित्सकले पनि उनलाई एपेन्डिसाइटिस नै भएको र फुट्ने अवस्थामा पुगेको भन्दै तत्काल शल्यक्रिया गरे। त्यहाँका चिकित्सकले कोरोनाको कुनै संकेत नरहेको बताएका थिए। अहिले ती वृद्धा सामान्य अवस्थामा छिन्।

उनी हुन मोरङको पथरी शनिश्चरे नगरपालिका-५ कि ७० वर्षीया कृष्णमाया घिमिरे। उनका छोरा हेमचन्द्रले भने, ‘नोबल मेडिकल कलेजका चिकित्सकले आमाको सबै जाँचपडताल गरेर एपेन्डिसाइटिस भएको पुष्टि गर्दै शल्यक्रिया गर्न अपरेसन थिएटरमा सुताएपछि कोरोनाको शंका गर्दै वीपी रिफर गर्‍यो। तर वीपीका चिकित्सकले आमामा एपेन्डिसाइटिस बाहेक अन्य कुनै रोग र भाइरसको शंका नगरी तत्काल शल्यक्रिया गरेर आमालाई बचाइ दिए।’

वीपीका चिकित्सकले आमालाई कोरोना भाइरसको कुनै लक्षण नभएको र फुट्ने अवस्थामा पुगेकाले एपेन्डिसाइटिसको शल्यक्रिया तुरुन्त नगरे जोखिम हुने भनेको उनले बताए।

‘आमाले अपरेसन थिएटरमा अचानक ख्वाक्क खोक्दा नोबेलका चिकित्सकले कोरोनाको शंका गरेर वीपी रिफर गरिदिए’ हेमचन्द्रले भने, ‘यो कस्तो उपचारको तरिका हो, हावाका भरमा जे गरे पनि हुने देखियो, आमाको ज्यान गएको भए के हुन्थ्योरु’

नोबेलले आमाको शल्यक्रिया गर्ने तयारी गरेपछि चैत १९ गते राति आफैंले आमालाई अपरेसन थिएटरमा पुर्‍याएर बाहिर ढोकामा आमाको अवस्था बुझ्न कुरेर बसेको उनले सुनाए। ‘तर एक घण्टापछि भित्रबाट अहिले अपरेसन नहुने भन्ने खबर आयो,’ हेमचन्द्रले भने, ‘ज्वरो पनि छ, खोकी पनि रहेछ भनेर शल्यक्रिया नै रोकिदिए।’

भोलिपल्ट अरु डाक्टरले हेर्ने भनिएकाले पर्खें। अपराह्न ४ बजेपछि कोरोनाको शंका छ, वीपी लैजानु भनेपछि आत्तिएर आमालाई धरान पुर्‍याएको उनले बताए। ‘अब यहाँ उपचार हुँदैन भन्दै हतार हतार डिस्चार्जको पुर्जा थमाए,’ हेमचन्द्रले भने, ‘धरानका डाक्टरले ज्वरो वा कोरोनाको कुनै लक्षण नभएको बताएपछि छक्क पर्यौं।’

नोबेलका सञ्चालक सुनील शर्माले कोभिड–१९ सँग मिल्दोजुल्दो लक्षण देखिएपछि चिकित्सकले वीपी रिफर गरेको बताए। धेरै ज्वरो आएको अनि फोक्सोमा पनि खराबी देखिएपछि वीपी पठाइएको उनले दाबी गरे।

बुधबार, चैत २६, २०७६ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?

Recent Posts

  • डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
  • बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.