धनगढी, ६ भाद्र/कैलालीको कैलारी ५ बड्कापलियामा हतियार सहित दुई जना पक्राउ परेका छन् । सशस्त्र प्रहरीको विओपी छोटकीपलियाबाट खटिएको टोलीको सिमा गस्तीका क्रममा मोटरसाईकलमा सबार दुई जना संग एक थान दुई नाले बन्दुक र ४ राउण्ड गोली सहित पक्राउ गरेको सशस्त्र प्रहरीको ३४ नम्बर गणले जनाएको छ ।
पक्राउ पर्नेमा कैलारी ३ बड्का मुडा बस्ने ६८ बर्षिय रामभरोसे डगौरा थारु र कैलारी ५ गोबरैला बस्ने ५७ बर्षिय जगदिश चौधरी पक्राउ गरेका हुन् । उनीहरु सबार से १ प ९१८१ नम्बरको मोटरसाईकल र हतियार गोली ईलाका प्रहरी कार्यालय हसुलिया बुझाएको छ ।
