धनगढी, २५ साउन/कैलालीको चुरे गाँउपालिका एक वडा अध्यक्षले स्थानीयलाई जाईलागेर कुट्ने प्रयास गरेपछि हंगामा भएको छ । चुरे ४का वडा अध्यक्ष चन्द्रबहादुर लामिछानेले स्थानीय युवा उपराज बुढालाई कुटपिटका लागि जाई लागेका हुन् ।
चुरा ४ बालुवागडामा शिबपार्वती सामुदायिक वन समुहको बैठकमा वडा अध्यक्ष र स्थानीय युवा बुढा बिच भनाभन भएपछि वडा अध्यक्ष आक्रमणमा उत्रिएको प्रत्यक्षदर्शीले जानकारी दिएका छन् ।
सामुदायिक वनको बैठकको भेलाले नयाँ कार्यसमिति चयनको छलफल चलिरहदा मैले पुरानो कार्यमितिलाई नयाँ समितिमा राख्न नहुने अडान राखेपछि त न्यायधिस होस् भन्दै वडा अध्यक्षले आक्रमणको प्रयास गरेको उपराज बुढाले आरोप लगाएका छन् । उता वडा अध्यक्ष लामिछानेले भने आफुलाई त भनेपछि आक्रोशमा आएको बताएका छन् । अध्यक्षले स्थानीयलाई आक्रमण गरी बिवाद उग्र लिन थालेपछि स्थानीयले छुट्याएका थिए ।