धनगढी, २४ साउन/कैलालीको धनगढीस्थित कारागारमा भएको कैदीबन्दी झडपका घाईतेलाई सेनाको स्काई एम्बुलेन्स मार्फत थप उपचारकालागि काठमाण्डौ लगिएको छ । गोदावरी नपा २ का आयुष भट्टलाई काठमाण्डौ लगिएको हो । अहिले धनगढीको प्रदेशिक अस्पतालबाट धनगढी बिमानिस्थलबाट सेनाको हेलिकप्टर मार्फत काठमाण्डौ लगिएको हो । कैलाली कारागार झपड प्रकरणलाई गृह मन्त्रालयले परिस्थितीलाई सहज बनाउन गम्भीरता पुर्वक सुक्ष्म रुपले हेरिरहेको छ ।
कैलाली कारागारमा शुक्रबार राति कैदीबन्दीबिच झडप भएर एक जनाको मृत्यु र ४७ जना घाइते भएपछि शनिबार गृहमन्त्री रमेश लेखकले गृहसचिब सहित तीन वटा सुरक्षा निकायका प्रमुखसित घटनाको समग्र अवस्थाबारे जानकारी लिनुका साथै परिस्थिती सहज बनाउने विषयमा छलफल गरेको गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले जानकारी दिए ।
“कारागारको पुर्ण सुरक्षा र थप अप्रिय घटना हुन नदिन नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले सुरक्षा व्यवस्था कडा पार्नेछन् ।” प्रवक्ता काफ्लेले भन्नुभयो–“ झडपमा परी घाइते भएका अन्य घाइतेहरुको उपचारको प्रवन्ध मिलाइएको छ ।” बैठकमा कारागारको आन्तरिक सुरक्षा लगायतका विषयमा छलफल भएको थियो ।