प्रकाशका चार मुक्तक
जिन्दगीमा एकपटक भेट्न मन छ,
मनका कुरा कुराले मेट्न मन छ।
ऋतु जस्तै फेरिन्छ मानवको चोला
मायालुको शब्दभाव फेट्ने मन छ।१।
मेरो मन संग खेल्नु तिम्रो रहर रहेछ,
तिम्रो मुस्कान मेरो लागी जहर रहेछ।
आफ्नै झै गरि समिप आयौ तिमी
माया किन बेच गर्ने तिम्रो सहर रहेछ।२।
दु:ख,पिडा,छल भनि साध्य छैन,
कसले कति दिए गनि साध्य छैन।
बाबा आमालाई सम्झेर हो मर्न नसकेको
नत्र खासै बाचेर पनि साध्य छैन।३।
नपाउने माया कै किन बढी आश लाग्छ मलाई,
उ टाढा भएपनि आफ्नै आसपास लाग्छ मलाई।
उनी अनलाइन आउँदा त्यो हरियो बत्ती धरोधर्म
चन्द्रमाको सुन्दरताभन्दा बढी खास लाग्छ मलाई।४।
✍️ प्रकाश लावड, प्रर्म
(गृह जिल्ला बैतडी ,हाल काठमाडौँ)