रोल्पा २५ असार/ रोल्पाको थबाङ गाउँपालिकामा नेपाल टेलिकमको नेटवर्कमा असार मंगलबार बिहानदेखि आएको अवरोधका कारण पालिकाका सात जना कर्मचारी सम्पर्कविहीन भएका छन्।
गाउँपालिकाका अनुसार असार २३ गते साँझ ८ बजेदेखि २४ गते बिहान ८ बजेसम्म नेटवर्क अवरुद्ध हुँदा पालिकाका प्रमुख प्रशासकीय अधिकृतले कार्यालयको ओटीपी कोड प्राप्त गर्न नसकेको र कार्यालयसम्बन्धी कार्य सम्पादनमा समस्या आएको जनाइएको छ।
प्रमुख प्रशासकीय अधिकृत हेमन्त बरालको नेतृत्वमा रहेको टोली असार २४ गते विहान ७ बजे पूर्वनिर्धारित कार्यक्रमअनुसार गाउँपालिकाको कार्यालयतर्फ हिँडेपनि अहिलेसम्म सम्पर्कमा आउन नसकेको विज्ञप्तिमा उल्लेख गरिएको छ।
सम्पर्कविहीन कर्मचारीहरूको सूची यसप्रकार छ:
१.हेमराज घर्तीमगर – प्रमुख प्रशासकीय अधिकृत
२. हरिस माझी – सहायक प्रशासन पाँचाैँ
३. यज्ञ प्रसाद कँडेल – सह–लेखापाल
४. चन्द्र प्रकाश ओली – सब–इञ्जिनियर
५. निशा आचार्य – सब–इञ्जिनियर
६. शिवकुमार वली – खा.पा.स.टे
७. प्रदीप के.सी. – सवारी चालक
गाउँपालिकाले असार २५ गतेसम्म उनीहरूसँग सम्पर्क हुन नसकेको जानकारी दिएको छ। टेलिकमको नेटवर्क समस्या कायमै रहेकाले मोबाइलमार्फत सम्पर्क राख्न सक्ने अवस्था नरहेको गाउँपालिकाले जनाएको छ। थबाङ गाउँपालिकाका अध्यक्ष ऋषिकेशव बुढा मगरले हस्ताक्षर गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, “सम्पर्कविहीन कर्मचारीहरूको अवस्थाबारे जानकारी भएमा पालिकालाई खबर गर्न अनुरोध गरिन्छ।
