किशोर तामाङ/ बेलौरी २१ जेष्ठ/कञ्चनपुरको दक्षिणी क्षेत्र पुरानो सदरमुकाम बेलौरीमा रहेको नेपाल बिद्युत प्रधिकरणको कार्यालयमा लागेको तालाबन्दी आज खुलेको छ।
नेपाली काँग्रेस क्षेत्रिय सभापति गोपि प्रसाद उपाध्यायको नेतृत्वमा सोमवार मध्यान्ह प्राधिकरणको कार्यालयमा पुगेका कांग्रेसका नेता–कार्यकर्ता लगायत स्थानियहरुले कार्यालय प्रमुखको कार्यकक्षमा तालाबन्दी गरेका थिए ।
नेपाल बिद्यूत प्राधिकरण शाखा कार्यालय बेलौरी बितरण केन्द्रका ईन्चार्ज सुनिलकुमार शाह आए पछि बिद्युत शाखामा मौलाएको अनियमित्ता,भ्रष्ट्रचार र घुस खाने प्रवृति बढ्दै गएको र शाहले गरेको लापरबाही र मनोमानीले गर्दा सर्वसाधारण जनताले सास्ती खेप्नु परेको देख्दादेख्दै कति चुप बस्ने भन्दै आक्रोसित समूहले तालाबन्दी गरेको थियो ।

उक्त विवाद सुल्झाउनका लागि आज द्धिपक्षिय बर्ता बसेको थियो । बर्तामा बिद्युत प्रधिकरणको तर्फबाट अत्तरिया क्षेत्रिय बिद्युत प्रशारणका प्रशासन अधिकृत गोपाल प्रसाद ओझा ,ईन्जिनियर चिज बहादुर गुरुङ,लेखा प्रमुख रविन्द्र देव भटृ र बिद्युत शाखा बितरण केन्द्र बेलौरी प्रमुख सुनिलकुमार शाह बसेका थिए भने बन्दकर्ता तर्फबाट संविधान सभा सदस्य दिवान सिङ बिष्ट,ने.का.का जिल्ला उृपासभापति बन्धु राना ,क्षेत्रिय सभापति गोपिप्रसाद उपाध्याय नेका.का महाधिवेसन प्रतिनिधि हरेन्द्र सिह विष्ट र बेलौरी ईलाका प्रहरी निरिक्षक चुडामाणि पुन रहेका थिए ।
दुवै पक्ष बिच लामो समय सम्म बर्ता चलिरहयो कार्यालय प्रमुख सुनिलकुमार शाहले हाल सम्म बिद्युत शाखाबाट जानी नजानी गरेका कमि कमजोरी स्वीकार गर्दै अब नदोहोर्याउने प्रतिबद्धता जाहेर गरेपछी नेपाली काँग्रेसले गरेको अनिश्चितकालिन तालाबन्दी खुलेको छ ।

देशब्यापीरुपमा सरकारी निकाय र सरकारका गलत हरकतको बिरोध गर्दै जागरण अभियानमा लागेको प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस क्षेत्र नम्बर १ कञ्चनपुरले विद्युतको कार्यालयमा तालाबन्दी गरेको थियो ।
बेलौरी स्थित विद्युत कार्यालयले सहज सेवा प्रवाह नगरी अनिमियतता र कमिसनको खेलमा प्राधिकरण लागेको जन गुनासो बढे पछि सुधारको माग राख्दै नेपाली काँग्रेसले अनिश्चितकालका लागि तालाबन्दी गरेको थियो ।
बेलौरी स्थित विद्युत बितरण शाखाका प्रमुख सुनिलकुमार शाहले जान अन्जानमा भएका गल्ती कमि कमजोरी सुधार्दै सबै पक्ष संग समन्वय गरि सेवालाई गुणस्तरीय बनाउने प्रतिबद्धता लिखित रुपमा गरे पछि कार्यालयमा लगाइएको तालाबन्दी खोलिएको हो ।
नेपाली काँग्रेस क्षेत्र नम्बर १ ले कार्यालयमा तालाबन्दी गरेपछि बाह्य दबाबबाट दुई साता अघि सुनिलकुमार शाह र संविधान सभा सदस्य दिवान सिह बिष्टका बिच बिद्युत ट्रान्सफार्मर ,पोल बितरण र अन्य बिद्युत सम्वन्धी कुराकानीकोे टेलीफोन वार्ताको अडियो क्लिप सार्वजनिक भएको छ । तालाबन्दी संग कुनै सरोकारको क्लीप होइृन ,नियतवश नभई त्यो क्लीप कसरी बहिरियो थाहा नभएको स्वीकार्छन प्रमुख शाह । बर्ता पश्चात बिद्युत प्राधिकरणमा लागेको ताला खोल्दै समुहिक फोटो सेसनका साथ दुबै पक्ष आगमी दिनमा कमि कमजोरी सुधार्दै सबै पक्ष संग समन्वय गरि सेवालाई गुणस्तरीय बनाउने जनाएका छन ।