अमेरिका । नोभल कोरोना भाइरस (कोभिड–१९) महाप्रकोप संसारभर तीब्र गतिमा फैलिएको बेला त्यसलाई रोक्न खोप निर्माण अन्तिम चरणमा पुगेको खबर प्रकाशमा आएका छन् । आधा संसारलाई लकडाउनमा राख्न बाध्य पारेको कोरोना भाइरसलाई रोक्ने खोप निर्माणलाई अन्तिम चरणमा पुर्याइएको अनुसन्धानरत कम्पनीहरुले जानकारी गराएका छन् ।
अमेरिका लगायत विकसित मुलुकका कम्पनीहरुले तीब्र रुपमा अनुसन्धान भइरहेको र अन्तिम चरणमा पुर्याएको खबर सार्वजनिक गरेपछि भाइरसबाट संक्रमण घट्ने आशा पलाएको छ । अमेरिकामा खोप निर्माणको निम्ति बिभिन्न ३२ कम्पनीले अनुसन्धान तीब्र बनाएका छन् । ती मध्ये चार कम्पनीले अनुसन्धान अन्तिम चरणमा पुगेको जानकारी बिहिबार सार्वजनिक गरेका छन् । ‘पहिले जनावारमा परीक्षण गर्दै छौं । जनवारमा सफल परिक्षण भएमा मानिसमा समेत यथाशीघ्र परीक्षण गरिनेछ’, वोस्टन अवस्थित फार्म मोर्डेना कम्पनीले भनेको छ । मोर्डेनाले यसअघि ‘मर्स’ भाइरसको खोप अविस्कार गरेको थियो ।
उक्त भाइरसले विकराल रुप नलिएपनि महामारिको आकलन भने गरिएको थियो । जसलाई रोक्न कम्पनीले खोप आविस्कार गर्न सफल भएको थियो । मोर्डेनाले सन् २००२ मा फैलिएको अर्को महमारी ‘सार्स’ भाइरसको खोप सीओभी–२ लाई नै पुनः परिमार्जितरुपमा सिधै मानिसमा परीक्षण गर्ने जनाएको छ । सिओभी–२ ले विशेषतः भाइरसलाई फोक्सोमा प्रवेश गर्नबाट जोगाउँछ । सीओभी–२ले भाइरसलाई कोषहरुसम्म पुग्नबाट रोक्ने काम गरेको अघिल्लो प्रयोगले पुष्टि गरेको छ । त्यस्तै अर्को कम्पनी नोभेक्सले पनि सीओभि–२लाई थप संयोजन गरी नयाँ खोप पत्ता लगाउने रणनीतिका साथ अध्ययन अघि बढेको जानकारी गराएको छ ।
कोभिड–१९ को खोप निर्माण गर्न आफ्नो सम्पूर्ण ध्यान केन्द्रित गरेको नोभेक्सले प्रतिबद्धता जनाएको छ । त्यसै गरी अन्य दुई कम्पनी वोष्टन र क्यूभेकले कोरोना विरुद्धको खोप निर्माण गर्न तीब्र रुपले अनुसन्धान गरिरहेको छ । त्यसैगरी वेलायती कम्पनी सेपीले अक्सफोर्ड विश्वविद्यालय र अमेरिकी कम्पनी नोभ्याक्ससककग मिलेर ४ दशमलव ४ मिलियन डलरको खोप निर्माण परियोजना अघि बढाएर कामलाई अघि बढाएको छ । सेपीले खोपको सफल निर्माण भएपश्चात त्यसको माग विश्वभर नै अत्याधिक हुने आँकलन गरेको त ।
सेपीले भनेको छ– ‘खोपको सफल निर्माण भएपचि विश्वभर अध्याधिक माग हुनेछ । त्यसका निम्ति २ विलियन डलर लगानी गरि खोप उत्पादनलाई द्रुत गतिमा अघि बढाउने छौं ।’ कम्पनीहरुले खोप छिट्टै निर्माण हुने दाबी गरिरहको बेला अनुसन्धानकर्मीहरुले भने हतार गर्न नहुने जिकिर गरेका छन् । ‘भाइसरले महमारीको रुप लिइसकेपनि हतारमा खोपको विकास गर्न हुँदैन । खोप निर्माण गर्दा हतार गरेर क्षणिक सफलता पाउनु भन्दा पनि दिगो हुनुपर्छ । खोपले दिगो रुपमा काम गरोस् भन्नेमा ध्यान केन्द्रित भएकाले खोप निर्माणले केही समय लिन सक्छ’, अनुसन्धानकर्ताहरुले भनेका छन् ।