धनगढी , ५ असार / कैलालीको अत्तरिया बस पार्क नजिकै एक ट्राफिक प्रहरी जवान बेहोस अवस्थामा फेला परेका छन्। बस पार्कदेखि करिब २ सय मिटर टाढा पहाड रोडमा बुधबार राति १० बजेतिर ट्राफिक प्रहरी जवान सन्तोष चन्द अचेत अवस्थामा भेटिएका हुन्।
इलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी नायब उपरीक्षक (डिएसपी) रण बहादुर चन्दको टोलीले उनलाई उद्धार गरी उपचारका लागि धनगढीस्थित मायामेट्रो अस्पतालमा पुर्याएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक राज कुमार सिंहले जानकारी दिए।
हाल उनको उपचार जारी रहेको र स्वास्थ्य अवस्थाबारे पनि जानकारी आउन बाँकी रहेको छ । घटना के हो ? यसबारे थप अनुसन्धान भइरहेको प्रहरी स्रोतले जनाएको छ। आफन्तले भने कुटपिट भएको हुन सक्ने संका गरेका छन् ।