किशोर तामाङ, आईबिआरढी १३ चैत
कोभिड १९ नामको कोरोना भाइरस नियन्त्रणका लागि पुर्व तयारी गर्न पुनर्वास नगरपालिकामा बिहिबार बसेको आकस्मिक बैठकले ११ बुँदे निर्णय गरेको छ ।
नगरपालिका क्षेत्र भित्र भारत लगायत अन्य मुलुकबाट आएकाहरुको लगत संकलन गरि उनिहरुको स्वास्थ्य परिक्षण र परिवारलाई निगरानीमा राख्ने , नगरको मध्य भागमा रहेको त्रिभुवनबस्ती स्वास्थ्य चौकीमा क्वारेन्टाइन स्थापना गर्ने, भाइरसको संक्रमण नियन्त्रण गर्न सरकारले गरेको लक डाउनलाई नगरका हरेक वडाहरुमा कडाइका साथ लैजान , नगर भित्र संचालनमा रहेका एम्बुलेन्सलाई तयारी अबस्थामा राख्ने र सरकारले घोषणा गरेको लक डाउन लाई प्रभावकारी बनाउन अनुगमनका लागि नेपाल प्रहरीलाई पिक अप गाडी उपलब्ध गराउने लगायतका निर्णय गरिएका छन ।