धनगढी, १० चैत- भारतमा कोरोना संक्रमणबाट आइतबारसम्ममा ७ जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या ३६० पुगेको छ।
भारतका स्वास्थ्य र परीवार कल्याण मन्त्री हर्ष भर्दनले आइतबारसम्म कोरोना संक्रमित ३६० संक्रमित भएको जानकारी दिएका छन्। जसमा ४१ जना विदेशी नागरिक भएको बताएको छन्। मार्च २२, ६स्३० बजेसम्मको तथ्यांक भारत सरकारका स्वास्थ्य मन्त्रीले सार्वजनिक गरेका हुन्।
भारतमा जनता कफ्र्यु लागु भएको दिन आइतबार कोरोना संक्रमितको संख्या एकाएक बढेको हो।