काठमाण्डौ– प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्।
बाँसबारीस्थित शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रमा आज बिहान पुगी उनले पौडेलको स्वास्थ्यस्थितिबारे जानकारी लिएका हुन् । पौडेल उक्त अस्पतालमा मुटुको शल्यक्रिया भएको थियो।
मुटुरोग विशेषज्ञ डा चन्द्रमणि अधिकारीको टोलीले उनको उपचार गरिरहेको छ ।मुख्यमन्त्री पौडेको अवस्था सुधारोन्मुख रहेको उनका स्वकीय सचिव अनुप पौडेलले जानकारी दिए।