काठमाण्डौ : सरकारले आजदेखि चीन, भारत, सिंगापुर, थाइल्याण्ड र भुटानबाहेकका देशबाट आउने यात्रुलाई प्रवेशमा रोक लगाएको छ।
शुक्रबार राति १२ बजेदेखि युरोपका सबै देश, पश्चिम एसिया र खाडीका देशका साथै इरान, टर्की, मलेसिया, दक्षिण कोरिया र जापानका नागरिक तथा ती देशमा ट्रान्जिट बनाएर आउने अरु देशका यात्रुलाई पनि नेपाल प्रवेशमा प्रतिबन्ध लगाइएको विमानस्थल कार्यालयका प्रवक्ता देवचन्द्रलाल कर्णले बताए।
चीन, भारत, सिंगापुर, थाइल्याण्ड र भुटानबाट आउने यात्रुले कोरोना नभएको स्वास्थ्य परीक्षणको प्रमाणपत्र लिएर आउनुपर्ने र नेपाल आइसकेपछि १४ दिने क्वारेन्टाइनमा बस्नुपर्ने उनले बताए। आइतबार रातिदेखि भने नेपालमा सबै अन्तर्रा्िष्ट्रय उडान तथा अवतरण बन्द हुने भएको छ। आन्तरिक उडान भने नियमित रहने विमानस्थल कार्यालयले जनाएको छ।