धनगढी,१४ बैशाख/ कैलालीको घोडाघोडी नगरपालिका–१०, पहलमानपुरमा सडक दुर्घटनामा कमी ल्याउन छाडा चौपायामा रातिमा चम्किने रिफ्लेक्टिभ स्टिकर टाँस्ने काम गरिएको छ । अस्थायी ट्राफिक प्रहरी पोष्ट पहलमानपुर र अटो समिति पहलमानपुरको संयुक्त आयोजनामा यो अभियान थालिएको हो।
छाडा चौपाया (गाई, गोरु, भैँसी आदि) सडकमा निस्कँदा रातिको समयमा सवारी साधनले नदेखेर ठोक्किन सक्ने जोखिम बढेको भन्दै यस्तो पहल गरिएको हो।
छाडा चौपायाले गर्दा रातिको समयमा सडकमा दुर्घटनाको जोखिम अत्यधिक बढेको कारण रिफ्लेक्टिभ स्टिकर टाँसेको अस्थायी ट्राफिक प्रहरी पोष्ट पहलमानपुरका प्रमुख नरेन्द्र बिष्टले बताए । “दुर्घटना न्यूनीकरणका लागि हामीले चौपायाको शरीरमा रातिमा टल्किने रिफ्लेक्टिभ स्टिकर टाँसेका छौँ । यसले चालकलाई समयमै सडकमा चौपाया छन् भन्ने थाहा हुने र दुर्घटनाबाट जोगिन सक्ने अपेक्षा गरिएको छ।