धनगढी : सुन्दर सुदूरपश्चिम यातायात प्रालिले धनगढीबाट पूर्वी नेपालका विभिन्न रुटमा भोली क्यू फ्रिको घोषणा गरेको छ। नेपाल सरकारको निर्णय अनुसार पर्सीदेखि लामो दूरीका सवारी सञ्चालनमा रोक लगाईने भएपछि भोली क्यू फ्रिको घोषणा गरिएको सुन्दर सुदूरपश्चिम यातायात प्रालिका अध्यक्ष पदम सापकोटाले बताए।
उनका अनुसार कोहलपुरदेखि पूर्व रुटमा क्यू फ्रि गरिने भएको हो। यस्तै पूर्वी रुटमा पर्सीदेखि सवारी सञ्चालन बन्द गरिने समेत सापकोटाले बताए। उक्त यातायात प्रालीले सुदूरपश्चिमका सबै रुटमा भने सवारी सञ्चालन नै रहने जनाएको छ।

