कैलाली २१, चैत्र/ अवरुद्ध रहेको संसद सुचारु गर्न बसेको सुदुरपश्चिम प्रदेशको सर्वदलिय बैठक बिना निष्कर्ष टुंगिएको छ ।
विहिबार मुख्यमन्त्री कमलबहादुर शाहको अध्यक्षतामा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठक पुनः अर्को बैठक बस्ने गरी बिना निष्कर्ष टुंगिएको हो । प्रतिपक्ष दलहरु सहमतीको नजिक भएकोले छिट्टै संसद सुचारु हुनेछ ।