• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • ९. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

  • १०. ४४औँ बीपी स्मृति दिवसमा कैलालीमा वृक्षारोपण, नयाँ कार्यसमितिलाई प्रमाणपत्र वितरण

विपत् न्यूनीकरणमा पत्रकारको भूमिका महत्वपूर्ण

धनगढी,१६ फागुन । सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री हिरा सार्कीले विपत् जोखिम न्यूनीकरणमा पत्रकारको भूमिका महत्वपूर्ण रहेको बताउनुभएको छ ।

धनगढीमा ‘विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन र जोखिम सञ्चारमा मिडियाको भूमिका’ विषयक कार्यक्रम उद्घाटन गर्दै उहाँले विपत् जोखिम न्यूनीकरणका लागि पत्रकारको थुप्रै भूमिका रहेको बताउनुभयो । मन्त्री सार्कीले भन्नुभयो, “विपत् र विपत् जोखिम न्यूनीकरण सम्बन्धमा समुदायलाई सजग गराउनेदेखि लिएर सरकारलाई घचघच्याउने कार्य पत्रकारले गर्नु पर्छ ।”

विपत् जुनसुकै बेला आउन सक्ने भएकाले विपत्को सामनाका लागि सक्षम हुन पत्रकारमार्फत सहयोग पुग्ने मन्त्रीको विश्वास छ । उहाँले विपत् जोखिम न्यूनीकरणसम्बन्धी सूचना प्रवाहलाई सशक्त बनाउने भूमिका पत्रकारको रहेको उल्लेख गर्नुभयो ।

“सरकार र मौसम विज्ञान विभागले सचेत गर्छन् तर कतिपय अवस्थामा समुदायले नपत्याउँदा क्षति भइरहेको छ,” मन्त्री सार्कीले भन्नुभयो, “यस्तो अवस्थामा मिडियाको भूमिका निकै महत्वपूर्ण छ ।”

उहाँले सुदूरपश्चिम प्रदेश विभिन्न विपत्को उच्च जोखिममा रहेको बताउनुभयो । मन्त्री सार्कीले विपत्बाट धनसम्पत्तिको क्षति न्यूनीकरण गर्न नसके पनि समयमै उपयुक्त सूचना प्रवाह गरेर मानवीय क्षति रोक्न सकिने उल्लेख गर्नुभयो । उहाँले बाढी विपत्को कारक मानिस नै रहेको बताउनुभयो । “पानी निकासको बाटो ब्लक भएको छ । त्यसले विपत्को सामना गर्नु परिरहेको छ,” सार्कीले भन्नुभयो ।

कार्यक्रममा राष्ट्रिय विपत् न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता डा। डिजन भट्टराईले विपत् जोखिम न्यूनीकरण र व्यवस्थापनबारे बुझाउने दायित्व पत्रकारको रहेको बताउनुभयो । उहाँले विपत् जोखिम न्यूनीकरण र व्यवस्थापनका लागि बनेको नयाँ नीतिबारे मिडियाले जनतालाई बुझाउनुपर्ने उल्लेख गर्नुभयो ।

कार्यक्रममा कैलालीका प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालले विपत् जोखिम न्यूनीकरण र व्यवस्थापनमा पत्रकारले सशक्त भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो ।

राष्ट्रिय विपत् न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र आन्तरिक मामिला तथा कानुन मन्त्रनलयले आयोजना गरेको सबलीकरण कार्यक्रममा कैलाली र कञ्चनपुरमा कार्यरत पत्रकारको सहभागिता छ । मर्सिकोरको व्यवस्थापनमा भइरहेको कार्यक्रम दुई दिनसम्म चल्ने छ ।

शुक्रबार, फागुन १६, २०८१ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?

Recent Posts

  • डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
  • बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.