कञ्चनपुर १५ फागुन/कञ्चनपुरमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक युवतीको मृत्यु भएको छ। पूर्वपश्चिम राजमार्गअन्तरगत शुक्लाफाँटा नगरपालिका–५ को वन समितिमा बिहीबार बिहान बा ०१–००६ ख ३५३७ नम्बरको ट्रकले म १ प ४६५८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो।
ट्रकको ठक्करबाट मोटरसाइकल पछाडि सवार भीमदत्त नगरपालिका–१८ बस्ने २१ वर्षीया निर्मला बोहराको मृत्यु भएको हो। उनकाअनुसार मोटरसाइकल चालक ३० वर्षीय महिमान बिष्ट पनि घाइते भएका छन्। उनलाई उपचारका लागि अस्पताल लगिएको छ। ट्रक प्रहरीले नियन्त्रणमा लिए पनि चालक भने फरार छन् ।