काठमाडौ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको छाया सरकार गठन भएको नौं महिनापछि मन्त्रिपरिषद बैठक बसेको छ । आइतबार सिंहदरबास्थित संसदीय दलको कार्यालयमा बैठक बसेको हो ।
बैठकले कुन–कुन मन्त्रालयमा के–कस्ता खालका भ्रष्टाचार भइरहेका छन् भन्नेबारे अध्ययन गरेर सम्बन्धित छायाँ मन्त्रीहरुलाई रिपोर्टिङ गर्न निर्देशन दिएको छ । छायाँ सरकारले नौ महिनासम्म केही काम नगरेको भन्दै पार्टी भित्र र बाहिर आलोचना हुन थालेपछि सभापति शेरबहादुर देवाले बैठक डाकेका हुन् ।
‘निवर्तमान सञ्चारमन्त्री गोकुल बास्कोटाको जस्तै अन्य मन्त्रालयमा पनि नीतिगत भ्रष्टाचार भयानक छ । यसबारे सम्बन्धित छाया मन्त्रीहरुले गहन अध्ययन गरेर रिपोर्टिङ गर्ने निर्णय भएको छ ।’ कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले भने ।