धनगढी २ माघ / कैलालीमा मोटरसाइकल र अटो रिक्सा आपसमा ठोक्किदा चार जना घाइते भएका छन् । पूर्वपश्चिम राजमार्ग अन्तरगत घोडाघोडी नगरपालिका-५ मा मुकेश डगौराले चलाएको सुपप्र ०१००१० प ४२८७ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आइरहेको करनसिंह थारूले से१ ह २९६२ को अटो रिक्सा आपसमा ठोक्किएका हुन्
दुर्घटनामा मोटरसाइकल चालकसहित पछाडि सवार अनमिका चौधरी र मेनुका चौधरी तथा अटो चालक घाइते भएका हुन् । उनीहरूको घोडाघोडी अस्पतालमा उपचार जारी छ।