धनगढी, १८ पुस / प्रदेश नीति तथा योजना आयोग सुदूरपश्चिमको उपाध्यक्षमा जिवन राना नियुक्त भएकी छिन् । प्रदेश मन्त्रिपरिषद बैठकले रानालाई उपाध्यक्षमा नियुक्त गरेको हो । उनी नेपाली काँग्रेसकी केन्द्रीय सदस्य हुन् । मन्त्रिपरिषद बैठकले सदस्यमा पनि नियुक्त गरिसकेको बताइएको छ ।
एकीकृत समाजवादी नेतृत्वको सरकार ढलेपछि उपाध्यक्षबाट गणेशबहादुर विश्वकर्माले राजीनामा दिएसंगै उक्त पद रिक्त थियो । त्यस्तै शेर बहादुर भण्डारी र हिरा चन्दलाई नीति तथा योजना आयोगको सदस्यमा नियुक्त भएका छन् ।
द सोसियो कल्चर अफ राना थारु विषयमा विद्या वारिधी प्राप्त रानाले एजुकेशन प्लानिङ म्यानेजमेण्टमा स्नातकोत्तर गरेकी छन् । राना थारु समाजकी पूर्व अध्यक्ष राना नेपाली काँग्रेसकी केन्द्रीय सदस्य हुन् । मुख्यमन्त्री शाहले बुधवार नै रानालाई उपाध्यक्ष पदको शपथ खुवाए । त्यसपछि उपाध्यक्ष रानाले नवनियुक्त सदस्यद्धय भण्डारी र चन्दलाई शपथ खुवाईन् ।