धनगढी, १८ पुस / धनगढीको सेती प्रादेशिक अस्पतालमा सुत्केरी महिलाको मृत्यु भएकोे छ । लम्कीचुहा नगरपालिका-८ घर भएकी २५ वर्षीया टिकेश्वर शाहीको बुधबार मृत्यु भएको प्रहरीले जनाएको छ ।
टिकेश्वरले मंगलबार शल्यक्रिया मार्फत शिशु(छोरा) लाई जन्म दिएकी थिइन् । शिशुलाई जन्म दिएपछि गम्भीर बनेकी शाहीको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कबिन्द्रसिंह बोहराले बताए ।
उनकाअनुसार शिशु भने सकुशल छन् । मृतकको शव परीक्षणका लागि प्रादेशिक अस्पतालको शव गृहमा राखिएको छ ।