धनगढी, १५ पुस / सुदुरपश्चिम प्रदेश सरकारका पुर्वमन्त्री तथा सुदुरपश्चिम प्रदेश सभा सदस्य प्रकाशवहादुर देउवाले धनगढीमा गरिएको राष्ट्रिय पुस्तक प्रदर्शनी तथा शैक्षिक महोत्सवले शिक्षा क्षेत्रमा नयाँ आयाम थप्ने बताएका छन् । धनगढीमा नवौ राष्ट्रिय पुस्तक प्रदर्शनी तथा शैक्षिक महोत्सव २०८१ को समापन गर्दै पुर्वमन्त्री देउवाले महोत्सवले शिक्षा क्षेत्रमा परिवर्तन ल्याउन महत्वपुर्ण टेउवा पुराउने बताएका हुन ।
उनले शैक्षिक महोत्सवले शिक्षा क्षेत्रलाई सुचनामैत्री र समय सुहाउँदो बनाउनका लागि कोसेढुंगा साविक भएको बताए । उहाँले शिक्षा क्षेत्रको विकासका लागि नयाँ व्यवस्था आवश्यक रहेको दावी गरे । साथै कैलाली क्षेत्र नम्बर ५ को विकासका लागि आफु सधैं लागिरहेको र यसक्षेत्रको विकासका लागि थप प्रतिबद्ध रहेको समेत उक्त महोत्सवको समापन समारोहमा देउवाले बताए ।