धनगढी,१० पुस । कञ्चनपुरमा मानव बन्यजन्तु द्वन्द्व न्यूनिकरणका लागि चुरे क्षेत्रमा प्रर्बद्धनका कार्यक्रम गरिएका छन । चुरेसंगै जोडिएका भीमदत्त र बेदकोट नगरपालिका क्षेत्रमा मानव बन्यजन्तुविच हुने द्वन्द्व न्यूनिकरणका लागि प्रर्बद्धनका लागि कार्यक्रम गरिएका हुन । चुरे सरक्षण सञ्जाल नेपालले जिल्लाका स्थानीय तह भीमदत्त र बेदकोट नगरपालिकासंग सहकार्य गरेर तटबन्ध निर्माणदेखि बगरमा बृक्षारोपण गरेको छ ।
चुरे सरक्षण सञ्जाल नेपालका व्यवस्थापन करन भट्टले तराई भुपरिधी कार्यक्रम मार्फत जैविक मार्ग पूर्नस्थापना आयोजनाको आर्थिक तथा प्राविधिक सहयोगमा कार्यक्रम गरिएको बताए ।
उनका अनुसार भीमदत्त नगरपालिका ७ हल्दुखाल स्थित खन्यखोला शिवटोलमा ५४ मिटर तटबन्ध निर्माण, बेदकोट नगरपालिका ७ गाउजीमा रहेको अमर सामुदायिक वनमा १६० मिटर तारजाली, बेदकोट नगरपालिका २को पथरिया नालामा ३० मिटर तटबन्ध निर्माण र बेदकोट नगरपालिका १ रडाह स्थित बगरमा परिणत राधा नदीमा बृक्षारोपण गरिएको छ ।
उक्त क्षेत्रमा तटबन्ध, तारजाली, ढोका निर्माण गरिएको छ । चुरे सरक्षण सञ्जाल नेपालका अध्यक्ष रविन्द्र कुँवरले मानव बन्यजन्तुविच हुने द्वन्द्वका घटना न्यूनिकरणका लागि सामुदायिक वनमा तारजाली सहित तटबन्ध, बृक्षारोपण गरिएको बताए ।