धनगढी, ८ पुस / सत्ता गठबन्धन दल नेपाली काँग्रेस र नेकपा एमालेको सुदूरपश्चिम स्तरीय राजनीतिक संयन्त्रको बैठक सम्पन्न भएको छ । नेकपा एमाले केन्द्रीय कमिटीका सचिव एवं सुदूरपश्चिम प्रदेश इन्चार्ज लेखराज भट्टको अध्यक्षतामा संयन्त्रको बैठक बसेर विभिन्न निर्णयहरु पारित गरेको नेपाली कांग्रेसका सुदूरपश्चिम कमिटिका प्रवक्ता सुरत रावत , डोटेली कान्छाले जानकारी दिए ।
बैठकमा संसदीय अभ्यासलाई सुचारू गर्नका लागि गतिविधी यथासिघ्र अगाडी बढाउने, रिक्त रहेका राजनीतिक नियुक्तिहरूमा सहमतीका आधारमा यथासिघ्र टुङ्ग्याई कार्यन्वयन गर्ने, बाजुरा जिल्लाको जगन्नाथ गाउँपालिका वडा न. ५ गोत्रीमा केन्द्र विन्दु भएर पौष ६ गतेका दिन गएकोे भूकम्पबाट पिडीत भएकाहरूलाई बिपत ब्यबस्थापन समिति मार्फत राहत तथा पुनर्स्थापना गर्ने राजनीतिक संयन्त्रको संयुक्त बैठकले निर्णय गरेको प्रवक्ता रावतले बताए ।
नेकपा एमालेका केन्द्रीय सचिव तथा सुदूरपश्चिम प्रदेश इञ्चार्ज लेखराज भट्टको अध्यक्षतामा भएको हो । बैठकमा नेपाली काँग्रेस सुदूरपश्चिमका सभापति बीरबहादुर बलायर, नेकपा एमालेका सुदूरपश्चिम अध्यक्ष कृष्णप्रसाद जैशी, काँग्रेस सुदूरपश्चिमका उपसभापति लोकराज अवस्थी, सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाह र नेकपा एमाले सुदूरपश्चिमका संसदीय दलका नेता राजेन्द्र रावल सदस्यका रुपमा सहभागी थिए । बैठकको अध्यक्षतामा आलोपालोको हिसावले गर्ने सहमति पनि भएको छ ।