धनगढी,७ पुस । नेकपा एकीकृत समाजवादी कञ्चनपुर जिल्ला इन्चार्जमा केन्द्रीय सदस्य लालबहादुर खड्का चयन भएका छन् । पार्टीले ७७ वटै जिल्लामा इन्चार्ज र सह इन्चार्ज तोकेको छ। मङ्सिर २६ गतेदेखि पुस २ गतेसम्म बसेको स्थायी कमिटी बैठकले सबै जिल्लाहरूको इन्चार्ज र सह इन्चार्ज तोकेको हो ।
सह इन्चार्ज र क्षेत्र नम्बर १ को इन्चार्जमा केन्द्रीय कमिटी सदस्य वीरबहादुर बुढाथोकी, सह इन्चार्ज र क्षेत्र नम्बर ३ को इन्चार्जमा केन्द्रीय कमिटी सदस्य माया पन्त र सह इन्चार्ज र क्षेत्र नम्बर २ इन्चार्जमा केन्द्रीय कमिटी सदस्य माधव पन्तलाई जिम्मेवारी दिइएको छ ।
समाजवादीले डडेलधुराको इन्चार्जमा केन्द्रीय कमिटी सदस्य नरबहादुर बिष्ट, बैतडी इन्चार्जमा केन्द्रीय कमिटी सदस्य माया भट्ट, दार्चुला इन्चार्जमा केन्द्रीय कमिटी सदस्य परमाराम ओड, बाजुरा इन्चार्जमा केन्द्रीय कमिटी सदस्य अजबहादुर मल्ल, बझाङ इन्चार्जमा केन्द्रीय कमिटी सदस्य दिलबहादुर सिंह, अछाम इन्चार्जमा केन्द्रीय कमिटी सदस्य कुलबहादुर कुँवर, डोटी इन्चार्जमा केन्द्रीय कमिटी सदस्य पूर्ण जोशी र कैलाली इन्चार्जमा पोलिट ब्युरो सदस्य दीर्घ सोराडीलाई जिम्मेवारी तोकिएको छ।