धनगढी,६ पुस। सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिला राज्यमन्त्री प्रकाशबहादुर बम सवार गाडी दुर्घटनामा परेको छ। भारतको पलियाबाट धनगढी फर्कने क्रममा दुधुवा टाइगर रिजर्भ क्षेत्रमा उनको गाडी अर्को भारतीय गाडीमा ठोक्किएर दुर्घटना भएको हो।
राज्यमन्त्री बमको परिवार स्रोतका अनुसार भारतको पलियाबाट फर्किने क्रममा उनी सवार गाडी दुधुवा टाइगर रिजर्भ क्षेत्रमा अर्काे भारतीय गाडीमा ठोकिएको हो।
दुर्घटनामा मन्त्री बमसहित उनकी श्रीमती र पदमा देउबा घाइते भएका छन्। घाइतेहरूको अवस्था सामान्य रहेकाे जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक दर्शन खड्काले बताए । उनीहरूकाे धनगढीस्थित निसर्ग अस्पतालमा उपचार भइरहेको छ।
