• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

अन्तरिम संरचना नबन्दा कांग्रेस महाधिवेशन प्रभावित

नेपाली कांग्रेसले संघीय संरचनाबमोजिम पार्टीका सबै सङ्गठनलाई समायोजन गर्ने निर्णय गरेको १ वर्ष भइसक्दा पनि कार्यान्वयन हुन सकेको छैन ।

पार्टी केन्द्रीय कार्यसमितिले गत वर्ष महासमिति बैठकले निर्माण गरेको विधानअनुसार संघीय संरचनाबमोजिम सङ्गठनका संरचनालाई २०७६ साउन मसान्तभित्र एकीकृत गर्न भन्दै मातहतका सबै तहलाई निर्देशन दिएको थियो । वडा, गाउँ÷नगर, क्षेत्रीय र जिल्ला कार्यसमितिको सङ्गठनात्मक संरचनालाई समायोजन गर्न र प्रदेशसभा क्षेत्रीय कार्यसमिति गठन गर्न निर्देशन दिएको पनि ६ महिना बितिसकेको छ । विधानबमोजिम पार्टीले प्रदेश कार्यसमिति गठनका लागि भने कुनै निर्णय गरेको छैन ।

अन्तरिम संरचनाको स्वरूप कुनकुन तहमा समायोजन भए वा नभएको रेकर्ड केन्द्रीय कार्यालयमा नहुँदा पार्टीको आगामी १४औँ महाधिवेशनको प्रस्ताव र आधार नै तयार हुन सकेको छैन । महाधिवेशनको प्रारम्भ गर्न पार्टीको सदस्यता र क्रियाशील सदस्यता नवीकरण तथा वितरण महत्त्वपूर्ण र आधारभूत कार्य हुन् । तर, सदस्यता वितरण गर्ने पार्टीको आधिकारिक तह नै निर्माण नहुँदा समस्या भएको केन्द्रीय सदस्य मीन विश्वकर्मा स्वीकार्छन् ।

संघीय संरचनाअनुसार कांग्रेसको स्थानीय तहका सङ्गठनहरू निर्माण भएका छैनन् । वडा, स्थानीय र क्षेत्रीय निर्वाचन क्षेत्र समायोजन र अलग भएका छन् । ती सङ्गठनात्मक संरचनालाई समायोजन गर्न पार्टीले केन्द्रीय सदस्यहरूलाई गत असोजमा केन्द्रीय प्रतिनिधि बनाएर सबै जिल्लामा खटाएको थियो ।

केन्द्रीय प्रतिनिधि खटाएर समायोजनका लागि संयोजकको भूमिका खेले पनि अधिकांश जिल्लाबाट समायोजनको प्रतिवेदन नआएको पार्टी केन्द्रीय कार्यालयका एक कर्मचारी बताउँछन् । ‘अब करिव २३ वटा जिल्लाबाट मात्र पार्टी सङ्गठन समायोजनको प्रतिवेदन आउन बाँकी छ’, कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले भने, ‘कतिपय जिल्लाले समायोजनको प्रतिवेदन टाइप हुँदै गरेको, अद्यावधिक गर्न मात्र बाँकी रहेको जानकारी दिएका छन् ।’

कांग्रेसका विगतका ७५ जिल्ला कार्यसमितिलाई ७७, २ सय ४० क्षेत्रीय कार्यसमितिलाई १ सय ६५ संघीय निर्वाचन क्षेत्रीय कार्यसमिति, ३ हजार ९ सय स्थानीय तह ९गाउँ÷नगर०कार्यसमितिलाई समायोजन गरी ७ सय ५३ गाउँ÷नगर कार्यसमिति निर्माण गर्नुपरेको थियो ।

पार्टीले प्रदेशसभा निर्वाचन क्षेत्र कार्यसमिति ३ सय ३० वटा गठन गर्नुपर्दा केही समय लागेको मुख्य सचिव पौडेलले बताए । उनले ६ हजार ४ सय ४३ वडा कार्यसमिति समायोजन गरी गठन गर्नुपर्दा लामो समय लिएको जनाए ।

पार्टीले अन्तिरम संरचनाको गठन कात्तिक मसान्तभित्र गरी प्रतिवेदन बुझाउन केन्द्रीय निर्वाचन समितिलाई निर्देशन दिएको थियो । पार्टी सभापति शेरबहादुर देउवाले पार्टीको स्थानीय तहको अन्तरिम संरचना नै निर्माण भइनसकेकाले महाधिवेशनको मिति घोषणा गर्न नसकेको बताउँदै आएका थिए ।

केन्द्रीय निर्वाचन समितिका संयोजक राधेश्याम अधिकारी रहेको समितिले हाल केन्द्रीय कार्यालयमार्फत् हरेक जिल्ला कार्यसमितिलाई समायोजनको प्रतिवेदन माग गरे पनि अटेर गरेको धेरैको बुझाइ छ । पार्टीले समायोजनको प्रतिवेदन माघ मसान्तभित्र दिन समितिलाई पुनः निर्देशन दिएको थियो ।

बारम्बारको निर्देशनलाई समेत जिल्ला, क्षेत्र र स्थानीय तहले नटेरेपछि निर्वाचन समितिले क्रियाशील सदस्यहरूको नामावली पनि अद्यावधिक गर्न सकेको छैन ।१३औँ महाधिवेशनको समयमा अद्यावधिक गरिएको क्रियाशील सदस्य र क्षेत्रीय प्रतिनिधिको नामावलीको सफ्ट कपी नभएको भन्दै एक वर्षअघि नै महामन्त्री पूर्णबहादुर खड्काले सबै जिल्लालाई विवरण पठाउन निर्देशन दिएका थिए ।

पार्टीको आन्तरिक विवरण अद्यावधिक नभइरहेका बेला कात्तिक २०७४ मा कांग्रेसमा समायोजन भएको विजयकुमार गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरमका २५ हजार क्रियाशील सदस्यको समेत विवरण अद्यावधिक हुन सकेको छैन ।

पार्टी विधानबमोजिम नियमावली मस्यौदा समितिले तयार गरेको नियमावली अझै पार्टी केन्द्रीय कार्यालयले निर्माण गर्न सकेको छैन । पार्टीले गत वैशाखमा नियमावली केन्द्रीय कार्यसमिति सदस्यको सुझावलाई समेटेर तयार गर्ने गरी पारित गरेको थियो तर नियमावली अझै निर्माण भएको छैन ।

सोमबार, फागुन ०५, २०७६ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?

Recent Posts

  • डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
  • बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.