लबदेव धामी
धनगढी, ५ पुस / सुदूरपश्चिम सरकारका समाजिक विकास मन्त्री , राज्य मन्त्री , निर्वतमान भौतिक पूर्वाधार मन्त्रीले सेती प्रादेशिक अस्पतालको नवनिर्मित भवनको एक मुष्ट अनुुगमन गरेका छन् । सेती प्रादेशिक अस्पतालको नवनिर्मित भवन निर्माणमा पटक पटक म्याद थप्दा समेत ढिलाइ भैरहेको हुनाले आज निर्माण कम्पनिलाई दबाव दिन अस्पताल अनुगमन गरिएको समाजिक विकास मन्त्री मेघराज खड्काले अस्पताल अनुगमन गरेपछि उक्त कुरा बताए ।
२०७४ कार्तिक २८ गते संघीय आयोजना कार्यान्वयन इकाइबाट रविना निर्माण सेवासँग सेती प्रादेशिक अस्पतालको भवन निर्माण गर्ने ठेक्का लिएको थेगिम कन्स्ट्रक्सनले अझै निर्माण पुरा गरेको छैन। जसले गर्दा सेती अस्पतालको सेवा विस्तार र नयाँ भवन निर्माण गर्ने योजना कार्यान्वयनमा बाधा पुगेको प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेनडेन्ट हेमराज पाण्डेले बताए ।
संघीय आयोजना कार्यान्वयन इकाइले थेगिमलाई सेती प्रादेशिक अस्पतालको भवन निर्माणका लागि पाँच पटक म्याद थप्दा पनि निर्माणले पुर्णता पाउन सकेको छैन् । भवन निर्माणमा भएको ढिलाइले अस्पतालको सेवा विस्तारमा समस्या भएको पाण्डेले बताए ।
१८ करोड ७४ लाख २८ हजार रुपैयाँ लागतमा अस्पताल भवन निर्माणका लागि संघीय आयोजना कार्यान्वयन इकाइ धनगढीले २०७४ कार्तिक २८ गते रविना–थेगिम जेभीसँग सम्झौता गरेको थियो। सर्तअनुसार काम भएको भए २०७७ वैशाखमै भवन निर्माण भइसकेको हुन्थ्यो। तर अहिलेसम्म निर्माण कार्य अधुरै छ। आज मन्त्रीहरुले सामुहिक अनुगमन गरे पछि आइसियु, एनआइसियु सेवा बिस्तारको लागि भए पनि मात्रै एक महिना भित्र काम सक्न निर्माण कम्पनीलाई दबाब दिएको छ ।
रविना–थेगिम कन्स्ट्रक्सनको जेभीले ठेक्का पाए पनि काम भने थेगिमले गर्दै आएको छ। समयमा काम नगर्ने निर्माण कम्पनीलाई सरकारले कारबाहीसमेत गर्न सकेको छैन। भवनको संरचना तयार भए पनि झ्याल–ढोका लगाउने, टायल–मार्बल बिच्छ्याउने, रङरोगन गर्ने, शौचालय बनाउने, पानी र बिजुली जडानको काम बाँकी छन्। यो एक महिनामा बाँकी रहेको अति आवश्क काम सक्ने निर्माण कम्पनिले पनि अठोट गरेका छन् ।