धनगढी,२९ मंसिर । बाजुरामा ८ वर्षीय एक बालिकाको हत्या भएको छ । शुक्रबार साँझ बुढीगंगा नगरपालिका २ नडाङमा अन्दाजी ८ बर्षीय विनिता नेपालीको हत्या भएको हो ।
हत्या आरोपमा मानसिक सन्तुलन ठिक नभएका स्थानीय ४८ वर्षीय नन्दे सनइलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
बलिकाको घाँटी काटेर हत्या गरेको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।