धनगढी,२७ मंसिर । दार्चुलामा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ। मालिकार्जुन गाउँपालिका–५ मल्तडी बस्ने ३१ वर्षीय बिरराम लुहारको मृत्यु भएको हो।
उनको जेवलाधार भिरबाट लडेर १५० मिटर तल खस्दा लुहारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।